काठमाडौं / प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका छन्। मतगणना सकिँदा भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन्। उनीहरुबीचको मतान्तर २६६ रहेको...
काठमाडौं । इलाम–२ को आधा भन्दा बढी मत गनेर सकिँदा पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् । दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहेको स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले प्रतिस्पर्धा गरेका छन् ।
४ मंसिर २०७९ को आम निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित कांग्रेस उम्मेदवार खड्काको निकटतम प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार थेगिम देखिएका छन् । दोस्रो स्थान कायम राख्न थेगिमसँग कांग्रेस संघर्षरत छ ।...
काठमाडौँ / बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीको जमानत जफत भएको छ । एकीकृत समाजवादीबाट उम्मेदवार बनेका दिल बहादुर सिंहले सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि जमानत जफत भएको हो ।
निर्वाचन आयोगका अनुसार कुल सदर मत २९ हजार ७०५ मध्ये २ हजार ५१४ मत मात्रै पाए । उनले जमानत जोगाउनका लागि २ हजार ९७१ मत ल्याउनुपर्ने हुन्थ्यो । निर्वाचनमा पराजित नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले भने जमानत जोगाउन सफल भएका छन्। उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् ।...
काठमाडौँ / जीबी राई समूहले सञ्चालन गरेको काठमाडौं स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले बचत रकम फिर्ता माग्दै प्रहरीमा उजुरी दिएका छन् ।
आइतबार प्रहरी वृत्त कालीमाटीमा ५ सय २८ जनाले करिब १ अर्ब बचत रकम फिर्ताको माग गर्दै उजुरी दिएका हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी पीडित संघर्ष समितिका अध्यक्ष सुमन खनालका अनुसार उजुरी दर्तापछि थप पीडितहरू सम्पर्कमा आएका छन् । ‘थप ५०÷६० जनाको उजुरी प्राप्त भएको छ । संकलन गरेर प्रहरीमा बुझाउँछौं,’ उनले भने । प्रहरीले उजुरी स्विकारे पनि दर्ता गरिसकेको छैन । ‘धेरैको उजुरी परेको छ, सबै उजुरी अध्ययन भइरहेकाले दर्ता गरिसकेका छैनौं,’ प्रहरी स्रोतले भन्यो, ‘प्रक्रिया पुगे नपुगेकोबारे अध्ययन गरेपछि दर्ता हुन्छ ।’
वाग्मती प्रदेश सहकारी कार्यालयबाट पत्रसहित आवश्यक कागजात आउन बाँकी रहेकाले उजुरी दर्ता नभएको सहकारी पीडितले बताए । ‘प्रहरीले ...
इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार सुहाङले ९ हजार ४८४ मतसहित अग्रता कायम गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ६३१ मतले पछ्याइरहेका छन् ।
सुहाङ र डम्बरबिच २ हजार ८५३ मतान्तर रहेको छ । त्यसै गरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ५ हजार ९५१ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ४०१मत सहित चौथो स्थानमा रहेका छन् । अहिले इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर २ को मतगणना जारी छ ।...