काठमाडौं । इलाम–२ को आधा भन्दा बढी मत गनेर सकिँदा पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् । दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहेको स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले प्रतिस्पर्धा गरेका छन् ।

४ मंसिर २०७९ को आम निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित कांग्रेस उम्मेदवार खड्काको निकटतम प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार थेगिम देखिएका छन् । दोस्रो स्थान कायम राख्न थेगिमसँग कांग्रेस संघर्षरत छ ।





























