बागमती प्रदेशका कृषि मन्त्रि राजेन्द्रमान श्रेष्ठले एक बर्षमा के/के प्रगति गरे ?

Advertisement

अञ्जना तामाङ
 हेटौंडा / बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले गरेका प्रगतिहरु प्रस्तुत गरेका छन् । मन्त्रि श्रेष्ठले २०८० जेठ ७ गते देखि हाल सम्म गरेका प्रगति तथा उपलब्धीहरु मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् ।

मन्त्री श्रेष्ठले एक बर्षको कार्यकालमा गरेका नीतिगत उपलब्धीहरु :
१) प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयक, २०८० बागमती प्रदेश सभामा पेश भई विषयगत समितिमा छलफल गरिएको । २) मन्त्रालयको आ.व. ०८०/८१ को लागि नीति तथा कार्यक्रम तयार गरी वार्षिक बजेट निर्माण गरिएको । ३) एक प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, एक प्राङ्गारिक मल कारखाना स्थापनाको लागि चालू आ.व. मा बजेट र कार्यक्रम समावेश गरिएको । ४) बागमती प्रदेशको दोस्रो आवधिक योजना २०८१/८२/२०८५/८६ को मस्यौदा तयार भई अन्तिम चरणमा रहेकोमा कृषि मन्त्रालयको तर्फबाट समावेश गर्नको लागि मुख्य १० वटा बुँदा प्रदान गरिएको र कृषि क्षेत्रको विकासको लागि लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीतिहरुलाइ किसान केन्द्रित गरिएको । ५) मन्त्रालय तथा मातहतका कार्यालयहरुको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनको लागि तयार गरिएको २१ वटा नयाँ तथा ३ वटा पुराना कार्यविधिको संशोधन स्वीकृत भई कार्यक्रम सन्चालनमा सहजता ल्याउने कार्य गरेको र मन्त्रालय अन्तर्गतका ३६ वटै कार्यालयहरुको अनुगमन निरिक्षण गरी आवश्यक सुझाव प्रदान गरिएको । ६) समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम ५ वर्षसम्म सञ्चालन हुने गरी प्रदेश सरकारवाट कार्यविधि स्वीकृत गरिएको । ७) बागमती प्रदेश सरकार, मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडाको मिति २०८०÷८२ को निर्णय अनुसार गठन भएको समग्र कृषि विकासको सोच सहितको अध्ययन टोलीले तयार गरेको प्रतिवेदन मुख्यमन्त्रि समक्ष पेश गर्नुका साथै, सो प्रतिवेदनले सिफारिस गरेका नीतिगत विषयहरु कार्यान्वयनको लागि कार्ययोजना बनाइ आगामी आ.व. को वजेट कार्यक्रममा समावेश गरिने । ८) बागमती प्रदेशमा कृषि, शिक्षा र प्रविधि विकासको क्षेत्रमा बागमती प्रदेशसँग सम्भावित सहकार्य र समन्वयको लागि चीनको चियाँग्सी प्रान्तवाट महामहिम उ चोङ्ग छिङ्गको नेतृत्वमा ६ सदस्यीय भ्रमण टोलीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पहलमा बागमती प्रदेश सरकारको तर्फवाट नेपाल भ्रमणको निमन्त्रणा पठाइ नोभेम्बर १९, २०२३ देखि नोभेम्बर २२, २०२३ सम्म भ्रमण समेत सम्पन्न गराइएको र सो भ्रमणवाट आवश्यक प्रक्रिया पुरा गरी बागमती प्रदेश र वियोग्सी प्रान्त बीच आर्थिक, प्राविधिक, विषयगत समझदारी कायम गर्ने सहमति भएसँगै समझदारी कायम गर्न नेपाल सरकारको अनुमति आवश्यक भईरहेको । ९) मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरुको संगठन संरचना तथा दरबन्दी तेरीज स्वीकृत भई कृषि विकास कार्यालय तथा पशु सेवा कार्यालय नरहेका जिल्लाहरुमा सेवा केन्द्र स्थापना गरिएको । सबै जिल्लाहरुमा कार्यालयकै रुपमा स्थापना हुनेगरी आ.व. ०८१/८२ को नीति कार्यक्रममा प्रस्ताव गरिएको ।  १०) दुध विक्रिमा आएको समस्या समाधान एवं गुणस्तरिय दुध उत्पादन र दुधमा प्रोत्साहन अनुदानका विषयमा विभिन्न चरणमा विषय विज्ञहरु एवं सरोकारवालाहरुको सहभागितामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको । दुधको गुणस्तर सुधारका लागि गर्नुपर्ने कदमहरु र प्रोत्साहन अनुदानमा गर्नुपर्ने व्यवस्थाहरु सम्बन्धमा सूझावहरु प्राप्त भएको । ११) बागमती प्रदेशको कृषि विकासको वर्तमान अवस्था र गर्न सकिने प्रयासका सन्दर्भमा कृषि सम्बन्धि विज्ञहरु सरोकारवालाहरु लगायतको सहभागितामा छलफल र अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिएको । रेशम खेतिको विकास र प्रवर्द्धन, कृषिमा सूचना प्रविधिको प्रयोग, आदी विषयहरुमा समेत कृषि सम्बन्धि विज्ञहरु सरोकारवालाहरु लगायतको सहभागितामा छलफल र अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिएको । १२) धादिङ लगायत अन्य जिल्लाहरुका बाँदर पिडित कृषकहरुसँग छलफल गरेको । बाँदरको कारणबाट हुने क्षति नियन्त्रणको लागि विज्ञहरुसँग छलफल गरिएको । प्रदेशको पशु सेवा कार्यालय चितवनबाट पशु चिकित्सक बब्लु ठाकुर लाई भारत पठाई बादर व्यवस्थापन र नियन्त्रण सम्वन्धमा ५ दिने तालिम लिई आएको । १३। प्रदेशमा रासायनिक मलको माग बमोजिम उपलब्ध गराउनको लागि संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग आवश्यक समन्वय गरिएको । १४। विगत वर्षहरुवाट संचालनमा आएका चितवनको माडी र सिन्धुलीको दुधौलिमा अवरुद्द भएको सामुहिक खेती कार्यक्रम अवलोकन निरिक्षण गरिएको । प्रदेश सभा सदस्य, प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यालयका प्रतिनिधी, सरोकारवालाहरु लगायतको उपस्थितिमा छलफल र अन्तरक्रिया कार्यक्रम राखीएको । सामुहिक खेतिमा आएका समस्या र समाधानका उपायहरुका बारेमा छलफल भई सामुहिक खेतिलाई विस्तार र प्रवर्द्धन गर्न आगामी आ.व.मा कार्यक्रम राख्ने विषयमा मन्त्रालय प्रतिवद्ध रहेको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।

मन्त्री श्रेष्ठले गरेका कार्यक्रमगत उपलब्धिहरु :
१) मिति २०८०/४/२५ गतेवाट १ हप्ते लम्पी स्किन डिजिज् नियन्त्रण तथा रोकथामको लागि १ हप्ते अभियान चलाई ४८,३६४ गाईमा खोप निशुल्क रुपमा लगाइएको । २) बागमती प्रदेश सरकारले नेपालमानै पहिलो पटक कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपदवाट प्रभावित किसानलाई राहत रकम प्रदान गर्ने कार्यको लागि आ.व. ०७९/८० वाट शुरु गरी हालसम्म रु. १ करोड ९१ लाख ७६ हजार १ सय ६० रुपैयाँ खातामा पठाईएको । ३) भेडा बाखामा लाग्ने पिपिआर  रोग नियन्त्रण तथा रोकथामको लागि २०८० फागुन १६ देखि २२ गतेसम्म बागमती प्रदेशको १३ वटै जिल्लाहरुमा समाहव्यापी खोप अभियान सञ्चालन गरिएको जसमा ११,४२,३२७ भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाईएको, ४) बागमती प्रदेशका ८ जिल्लाका १० स्थानमा निर्माणाधिन शीत भण्डारहरुको निर्माण कार्य ८६ प्रतिशत सम्पन्न, रसुवा जिल्लामा सञ्चालनमा आएको, दोलखाको जिरी, सिन्धुपाल्चोकको लिशंखुपाखर, सिन्धुलिको मुल्कोट र रामेछापको मन्थलीमा परिक्षण सम्पन्न भएको तथा बाँकी जिल्लामा निर्माणकै चरणमा रहेको । साथै शीत भण्डारहरुमा भएका कमि कमजोरीलाइ सुधार गरि छिटोभन्दा छिटो सम्पन्न गरी हस्तान्तरणको लागि पहल गरिएको ।  ५) पशुपंक्षीको रोग अन्वेषण तथा अनुसन्धान गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा वायो सेफ्टी लेभल टु प्लस प्रयोगशाला स्थापनाका लागि भवन निर्माण कार्य सम्पन्न भइ हस्तान्तरण गर्ने क्रममा रहेको । ६) मकवानपुर जिल्लाको हेटौंडामा बागमती धुलो दुग्ध कारखानाको निर्माण कार्य सम्पन्न भई परिक्षण कार्य सम्पन्नभई साझेदारिमा सञ्चालनको निर्णय निर्णय भइसकेको र सो धुलो दुग्ध कारखानाको सञ्चालनवाट दैनिक करिव ६० हजार लिटर सम्म दूधको पाउडर बनाउन सकिनेछ । ७) हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा हेटौडा–११ मा निर्माणाधिन प्रादेशिक कृषि थोक बजारको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको तथा निर्माण कार्य सम्पन्न भए लगत्तै तरकारी र फलफुलको विषादी अवशेष परिक्षण समेत हुने । ८) गुणस्तरीय भेटेरिनरी सेवालाई थप विस्तारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवनको परिसरमा आधुनिक भेटेरिनरी अस्पताल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको । ९) पशु स्वास्थ्य तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा प्रदेशका २६ स्थानमा “एक वडा एक पशु स्वास्थ्य क्लिनिक“ स्थापनाका लागि निर्माण कार्य अन्तिम चरणमा रहेको । १०) स्थानीय तहसँगको साझेदारिमा समुदायमा आधारीत खेती प्रणाली मार्फत कृषि उत्पादनमा आत्मनिर्भर वडा निर्माण गर्न चालु आ.व. वाट एक वडा एक कृषि उत्पादन कार्यक्रम शुरुवात गरिएको । ११) पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट संचालित उत्पादनमा आधारित दुग्धमा अनुदान कार्यक्रम अन्तर्गत आ.व. ०७९/८० मा करिव ३० करोड रकम दुग्ध उत्पादकहरु लाई प्रवाह भएको । चालु आ.व. मा विनियोजित ५ करोड थोरै भएकोले थप ४५ करोडको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा माग गरिएको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"