बागमती प्रदेशका कृषि मन्त्रि राजेन्द्रमान श्रेष्ठले एक बर्षमा के/के प्रगति गरे ?
अञ्जना तामाङ
हेटौंडा / बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले गरेका प्रगतिहरु प्रस्तुत गरेका छन् । मन्त्रि श्रेष्ठले २०८० जेठ ७ गते देखि हाल सम्म गरेका प्रगति तथा उपलब्धीहरु मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् ।
मन्त्री श्रेष्ठले एक बर्षको कार्यकालमा गरेका नीतिगत उपलब्धीहरु :
१) प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयक, २०८० बागमती प्रदेश सभामा पेश भई विषयगत समितिमा छलफल गरिएको । २) मन्त्रालयको आ.व. ०८०/८१ को लागि नीति तथा कार्यक्रम तयार गरी वार्षिक बजेट निर्माण गरिएको । ३) एक प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, एक प्राङ्गारिक मल कारखाना स्थापनाको लागि चालू आ.व. मा बजेट र कार्यक्रम समावेश गरिएको । ४) बागमती प्रदेशको दोस्रो आवधिक योजना २०८१/८२/२०८५/८६ को मस्यौदा तयार भई अन्तिम चरणमा रहेकोमा कृषि मन्त्रालयको तर्फबाट समावेश गर्नको लागि मुख्य १...



