दुरदर्शिता नभएको नेतृत्वले विकासको कल्पना गर्न नसक्ने – एमाले महासचिव पोखरेल
हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले दुरदर्शिता नभएको नेतृत्वबाट देश विकासको कल्पना गर्न नसक्ने बताएका छन् । शुक्रबार हेटौंडामा भएको नेकपा एमाले मकवानपुरको १२ औ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले देशलाई विकासको बाटोमा अगाडी बढाउने काम नेकपा एमालेको नेतृत्वमा नै हुदै आएको बताए ।
उनले एमालेलाई बिभाजन र कमजोर बनाउने षडयन्त्र हुदै आएकाले अधिवेशनको माध्यमबाट कमिकमजोरी नियाल्नु पर्ने बताए । राजनीतिक परिवर्तनमात्र कम्युनिस्ट आन्दोलनको उपलब्धि नभई समाजको अवस्थाको परिवर्तन गर्ने कम्युनिस्ट आन्दोलनको लक्ष्य रहेको र राजनीतिक परिवर्तन पछाडी अल्मलिने लक्ष्य बिर्सने जस्ता परिपाटीले कम्युनिस्ट आन्दोलनले लक्ष्य हासिल गर्न नसकेको दाबि गरे ।
उनले भने "अब नेपालमा धेरै राजनीतिक दल हैन बलियो राजनीतिक दलहरूको आवश्यक छ, जसले ६२/६३ को आन्दोलनको उपलब्धिलाई टेकेर देशको समृद्धिमा अगाडि...







