Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/bishalaa/labamedia.com/wp-includes/functions.php on line 6131

Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.0.) in /home/bishalaa/labamedia.com/wp-includes/functions.php on line 6131
समाचार Archives - Page 101 of 140 - लाबा मिडिया

समाचार

मकवानपुरगढी गाउँपालिकाको हिउदे अधिवेशन माघ ५ गते हुने

मकवानपुरगढी गाउँपालिकाको हिउदे अधिवेशन माघ ५ गते हुने

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको हिउदे अधिबेशन माघ ५ गते हुने भएको छ । पालिकाको नियमित बस्ने बैठकले उक्त निर्णय गरेको पालिकाका उपाध्यक्ष्य मान कुमारी पाख्रिनले जानकारी दिनु भएको हो । चालु आर्थिक वर्षमा लिएको लक्ष्यभन्दा राजस्व कम संकलन भएको र बजेट संशोधन गर्ने उपाध्यक्ष्य पाख्रिनले बताउनु भयो । यसैगरी अधिवेशनको लागी योजना बनाउने उहाले बताउनु भएको छ ।  ...
मंगलबार शेयर बजार बढ्यो, ५ अर्ब १३ करोडको कारोबार

मंगलबार शेयर बजार बढ्यो, ५ अर्ब १३ करोडको कारोबार

Breaking News 1, अर्थ, समाचार
काठमाण्डौ / मंगलबार आज पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ विन्दुमा पुगेको छ । आज बैंकिङ, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर घटेको छ । आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त, हिमालयन रि इन्सुरेन्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६÷८७ को शेयर झन्डै छ प्रतिशतले घटेको छ । आज एक करोड ३४ लाख ७७ हजार कित्ता शेयर पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३२ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । उज्यालो अनलाईनबाट साभार गरिएको...
हेटौंडा क्याम्पसको प्रमुखमा देविराम लामा नियुक्त

हेटौंडा क्याम्पसको प्रमुखमा देविराम लामा नियुक्त

Breaking news 3, शिक्षा, समाचार
हेटौंडा/ बागमति प्रदेशको राजधानी हेटौंडामा अवस्थित हेटौंडा क्याम्पसमा देविराम लामा प्रमुखमा नियुक्त भएको छ । बुधबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले लामालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । नेपाली साहित्यमा स्नाकोत्तर तह उपाधि हासिल गर्नुभएका लामा २०६५ सालमा हेटौँडा क्याम्पस सेवामा प्रवेश गर्नुभएको थियो । भने २०७० सालदेखि सहायक क्याम्पस प्रमुखमा रहेको थियो ।...
जन-अपेक्षा अनुसार काम गरेको छु ः मुख्य मन्त्रि जम्कटेल

जन-अपेक्षा अनुसार काम गरेको छु ः मुख्य मन्त्रि जम्कटेल

Breaking News 1, Breaking News 2, बागमती प्रदेश, मुख्य समाचार, समाचार
अन्जना तामाङ हेटौंडा ः बागमति प्रदेश सरकारका मुख्य मन्त्रि शालिकराम जम्कटेलले जन अपेक्षा अनुसार काम गरेको बिश्वास दिलाएको छ । बुधबार जम्कटेल नेतृत्वको सरकारले बार्षिक अवधिमा समपन्न गरेका कार्यको सार्वजनिकीकरण कार्यक्रमा बोल्नु हुदै यस्तो बताउनु भएको हो । मुख्य मन्त्रि जम्कटेलले राज्य र जनतालाई विवादित गर्ने कार्य नगर्ने बताउनु भयो । यसै गरी स्वास्थ्य क्षेत्रमा स्थर उन्नति गर्नुका साथै शिक्षा क्षेत्रमा गरेको लगानिलाई संथागत रुपमा बिस्तार गर्ने बताउनु भयो । प्राविधिक जनशक्ति उत्पादन गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाको तयारीमा रहेको बताउनु भएको छ । पुर्वधार तर्फ २ सय ७२ सडक कालो पत्र गरिएको र यातायत क्षेत्रमा सेवा प्रवाहलाई बिस्तार गर्न सवारी अनुमति पत्र छिटो छरिटो प्रदान गर्ने निम्ति सरकार लागि परेको मुख्य मन्त्रि जम्कटेलले बताउनु भयो । बहु शंख्यात्मक रुपामा देशमा किसान रहेकाले किसानल...

बलात्कार मुद्दामा दोषी ठहर लामिछानेको सजाय बुधबार तोक्ने

समाचार
काठमाण्डाँै / बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय बुधबार तोकिँदैछ । काठमाडौं जिल्ला अदालतले बुधबार  सजाय तोक्ने भएको हो । यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ । सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनेछ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई ‘१८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म’ कैद सजाय हुने व्यवस्था गरिएको छ । न्यूनतम ७ र अधिकतम १० वर्ष कैद सजाय निर्धारण गर्दा न्यायाधीशले करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेर्ने उल्लेख छ । कान्तिपुरबाट साभार गएिको ...

डेडिकेटेड र ट्रंक लाइनको महसुल सम्बन्धमा छानबिन गर्न समिति गठन

अर्थ, समाचार
काठमाण्डौ/  डेडिकेटेड र ट्रंक लाइनको महसुल उठेका विषयबारे छानबिन गर्न सरकारले  समिति गठन गर्ने निर्णय गरेको छ । र उद्योगीहरूको काटिएको विद्युत् लाइन खोल्न निर्देशन दिने पनि निर्णय गरेको हो । हिजो मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव रहेको समिति गठन गर्ने निर्णय गरेको हो ।    ...

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली

समाचार
काठमाण्डौ / बुधबार पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । तराईका धेरैजसो ठाउँमा हुस्सुले ढाकेको छ । मौसमविद्ले चिसोबाट जोगिन र सावधानी अपनाउन आग्रह गर्नु भएको छ । अरु बाँकी ठाउँहरुमा आजको मौसम सामान्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । आज राति पनि कोशी, गण्डकी र बाग्मती प्रदेशका क्षेत्रमा मौसम आंशिक बदली नै रहने अनुमान गरिएको छ । उज्यालो अनलाईनबाट साभार गरिएको...
उपाध्यक्ष्य थिङले गरे घरमै गएर सेवा प्रवाह

उपाध्यक्ष्य थिङले गरे घरमै गएर सेवा प्रवाह

समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष्य बनस्तम थिङले घरमै गएर सेवा प्रदान गर्नु भएको छ ।राक्सिराङ गाउँपालिका वडा नं ३ बसोबास गर्ने सर्मिला सुनारलाई अपाङ्गता परिचय पत्र वितरण गर्नु भएको हो । सुनार गम्भीरताको आधारमा अति अशक्त र प्रकृतिको आधारमा शारीरिकरुपमा अशक्त छिन् । यसरी घरमै पुगेर सेवा प्रवाह गर्न पाउदा खुसी मिलेको उपाध्यक्ष्य थिङले बताउनु भएको छ । । यस्तै पालिका अन्तर्गत रहेर हाल सम्म ५७ जनालाई घरमै पुगेर अपाङ्गता परिचय पत्र वितरण गरिसकेका उपाध्यक्ष्य थिङले जानकारी दिनुभयो ।...
खाद्य अधिकार सञ्जाल सञ्चालनको कार्यविधि निर्माण

खाद्य अधिकार सञ्जाल सञ्चालनको कार्यविधि निर्माण

बागमती प्रदेश, समाचार
हेटौंडा/ बागमति प्रदेश अन्तरर्गत मकवानपुरमा खाद्य अधिकार सञ्जाल सञ्चालनको कार्यविधि निर्माण गरिएको छ । खाद्य अधिकार सञ्जाल मकवानपुर र फियान नेपालको सयुक्त आयोजनामा मंगलबार सञ्जालका सदस्यहरु बिच रहेर कार्यविधि निर्माण गरिएको हो ।    खाद्य अधिकार सञ्चालन निर्देशिका २०७९ को प्रस्तावनामा १४ वटा कार्यविधि रहेका छन् भने अनुसुची ४ वटा रहेको छ । बैठकमा खाद्य अधिकार जिल्ला सञ्जाल मकवानपुर, हेटौंडाका संयोजक बोल बहादुर कार्कीको अध्यक्षता र गैसस महासंघ बागमति प्रदेश समितिकि अध्यक्ष आरति पाठकको प्रमुख आतिथ्यता मा कार्यविधि निर्माण गरिएको थियो । यस्तै बागमति प्रदेश अन्तरर्गत विभिन्न जिल्लाका समुदायका निम्ति खाद्य अधिकार सम्प्रभुताका कामहरु गरिहेको फियान नेपाल बागमति प्रदेशका संयोजक राजेन्द्र बस्नेतले बताउनुभयो ।  ...
हेटौंडामा चलचित्र काडेतारको च्यारिटी-शो प्रदर्शन हुने

हेटौंडामा चलचित्र काडेतारको च्यारिटी-शो प्रदर्शन हुने

Breaking News 1, समाचार
हेटौंडा / सामाना फिल्मस् प्रा.लिको आयोजनामा हेटौंडामा नेपाली चलचित्र काँडेतारको शो प्रदर्शन हुने भएको छ । आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन मार्फत उक्त सो हुन लागेको आयोजकले जनाएको छ । खुला सीमाका कारण झडपमा परि मृत्यु भएका परिवार तथा घाइतेहरुको लागि सहयोगार्थ च्यारिटी शो गर्न लागेको चलचित्रका निर्देशक नवल खड्काले बताउनुभयो । देशको माटो र नेपाली मान्छे जोगाउनु पर्छ भन्ने भाव चलचित्रमा रहेको भन्दै देशको ६० भन्दा बढी शो प्रदर्शन गरिसकेको र आगामी फागुन २७ गते चलचित्र देशभर प्रदर्शन हुने जनाएको छ । च्यारेटी शो भने आगामी पुस २७ गत एनएस सिनेमा हलमा काँडेतार प्रदर्शन गरिने निर्देशकले जनाएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"