मकवानपुरमा महिला गोल्डकप, प्रिति राई प्रमुख आकर्षण
हेटौंडा / मकवानपुरको हेटौंडामा आयोजना हुने सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता वैशाख १९ गतेदेखि सुरु हुदैं छ ।
पहिलोपटक महिला फुटबलमा केन्द्रित गर्दै आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रिय खेलाडी प्रेति राईसहित विभागीय र जिल्लास्तरीय गरी आठ टोलीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा सहभागी टिमहरूमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मकवानपुरको रिगल हेटौंडा रिसोर्ट एन्फा, बिरगंज युथ एकेडेमी, नव जनजागृति युवा क्लब सिमरा, रौतहट जिल्ला महिला टिम र चितवन जिल्ला महिला टिम छन्।
प्रतियोगिता हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुनेछ। आयोजक मकवानपुर जिल्ला फुटबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो।
विजेता टोलीले ५ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख रुपैयाँ प्र...







