राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन
२२ पौष, काठमाण्डौं - निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।
निर्वाचनका लागि सात वटै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार अन्तिम मतदाता नामावली प्रकाशन भएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सात वटै प्रदेशबाट आइतबार एकैसाथ मतदाताको नामावली प्रकाशित भएको बताए । उनका अनुसार कोशीमा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन् । कोशीमा जम्मा १० हजार १३५ मतभार कायम भएको छ ।
मधेस प्रदेशमा प्रदेश सभा सदस्य १०७ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन् । यहाँ कुल मतभार १० हजार ७४४ छ ।
त्यस्तै, वाग्मती प्रदेशमा ११० जन...








