बोर्ड असफल हुनु भनेको सरकार असफल हुनु हो- नगर प्रमुख लामा
हेटौंडा/ हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १२ औँ वार्षिक उत्सव बिहीबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र बोर्डका अध्यक्ष प्रताप बिष्टको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले हेटौंडा व्यवस्थापन बोर्डले शुद्ध खाने पानी वितरण गर्दै आएको बताउनु भयो । हेटौंडा उपहानगरपालिकाले न्युनतम शुल्क तिरिसकेपछि विभिन्न वडाबाट जोड्ने काम भईरहेको बताउनु भयो । ५० बर्षको योजना , प्रदेश सरकार र स्थानिय सरकार डिपिआर फाईन्डआउट गरेर टेन्डरको चरणमा पुगेको बताउनु भयो । यसै गरी उहाँले खाने पानी व्यस्थापनका कर्मचारीलाई अझ जिम्मेवारी पुर्वक काम गर्न आग्रह गर्नु भयो । उहाँले खानेपानी बोर्ड असफल हुनु भनेको सरकार असफल हुनु हो ।
कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले आर्थिक वर्ष २०८०...








