Day: ३ वर्ष अगाडि

डिभी आवेदन खुल्यो

डिभी आवेदन खुल्यो

अर्थ
काठमाडौँ, १८ असोज । सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) बुधवार रातीबाट खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली समय अनुसार बुधवार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो । यो कात्तिक २१ गते नेपाली समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डिभी भरेकाहरूलाई चिट्ठामार्फत अमेरिका लैजाने गरेको छ । डिभी परेर अमेरिका जानेहरूले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।...
सिक्किममा ताल फुटे पछिको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, अझै १०२ बेपत्ता

सिक्किममा ताल फुटे पछिको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, अझै १०२ बेपत्ता

Breaking News 1, अन्तर्राष्ट्रिय
दार्जिलिङ, १८ असोज । सिक्किमको लोनाक ताल फुटेर आएको बाढीमा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । सो तालको करिब ६५ प्रतिशत (१६५ हेक्टर)  भाग फुटेर नष्ट भएको छ भने ताल फुटे पछि आएको बाढीले तटीय क्षेत्रलाई तहसनहस बनाएको छ । टिस्टा नदीमा अचानक बाढी आए पछि सेनाको क्याम्पलगायत धेरै भौतिक संरचना ध्वस्त हुन पुगेका छन् । यसैबिच, भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले केही स्याटलाइट तस्बिरहरू सार्वजनिक गरेको छ, जसलाई हेरे पछि तालको पानी कसरी सकियो र बाँकी भाग सुक्खा रह्यो भन्ने स्पष्ट हुन्छ। उसका अनुसार सिक्किममा भीषण वर्षा भयो र त्यसपछि आएको बाढीले राज्यमा धेरै विनाश गरेको हो। जसका कारण जलविद्युत आयोजनाको ठुलो हिस्सा बगेर दर्जनौँ मानिस बेपत्ता भएका छन् । १७, १८ सेप्टेम्बर र ४ अक्टोबरमा तालको क्षेत्रमा परिवर्तन भएको इसरोले जनाएको छ । बादल फुटेर तालको १ सय ५ हेक्टर जमिन बगेर बेपत्ता भएको देखि...
प्रतिनिधिसभा बैठक बस्दै, बिधुत विधेयक पेस गरिने

प्रतिनिधिसभा बैठक बस्दै, बिधुत विधेयक पेस गरिने

समाचार
काठमाडौँ, १८ असोज । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत विधेयक २०८० पेस गर्नेछन् । सो अघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, पूर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।...
एमसीसीमा लागत भन्दा बढी मूल्यको ठेक्का प्रस्तावले समस्या: अर्थमन्त्री

एमसीसीमा लागत भन्दा बढी मूल्यको ठेक्का प्रस्तावले समस्या: अर्थमन्त्री

समाचार
  काठमाडौँ, १८ असोज । अर्थमन्त्री डा. प्रकाश शरण महतले एमसिसी परियोजना नेपालको विकासका लागि महत्त्वपूर्ण परियोजना रहेको बताएका छन् ।   मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको शुभारम्भ उत्सवमा बोल्दै मन्त्री महतले भने,  ‘यो आयोजनामार्फत विद्युत् आयात निर्यातका लागि ट्रान्समिसन लाइन निर्माण र प्रविधियुक्त सडक निर्माण हुनेछ । विशेषतः विद्युत् व्यापारका लागि ट्रान्समिसन लाइन हाम्रा लागि महत्त्वपूर्ण छ । यो विभिन्न मन्त्रालयसँग जोडिएको छ । मन्त्रीहरू बोर्ड सदस्य हुनुहुन्छ, उहाँहरूले पनि यसलाई गम्भीरताका साथ लिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’ एमसिसी अमेरिकी सरकारले सञ्चालन गरेको अनुदानको आयोजना मात्र नभएर लगानीको हिसाबले पनि नेपाल सरकारको पनि ठुलो योगदान रहने मन्त्री महतले स्पष्ट पारेका छन् । ‘यो परियोजना कार्यान्वयनमा आउने जति अवरोध छन्, त्यसको समाधान गर्न सरकार प्रति...
आज देखी विश्वकप क्रिकेट सुरु हुँदै, १० राष्ट्र प्रतिस्पर्धामा

आज देखी विश्वकप क्रिकेट सुरु हुँदै, १० राष्ट्र प्रतिस्पर्धामा

Breaking News 1, खेलकुद
  काठमाडौँ, १८ असोज । विश्वकप क्रिकेटको आज उद्घाटन खेल हुदैँछ ।   आइसिसी एक दिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो । आज देखी सुरु हुने क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो खेल इङल्याण्ड र न्युजील्याण्डका बिचमा प्रतिस्पर्धा हुदैँछ । इङ्गल्यान्ड साबिक विजेता टोली हो भने न्युजील्याण्ड उपविजेता टोली हो ।   सो प्रतियोगिताको पहिलो उद्घाटन खेल नरेन्द्र मोदी रङ्गशालामा हुनेछ, जुन मैदान विश्वकै सबैभन्दा ठुलो क्रिकेट रङ्गशालाको रूपमा लिइन्छ । सो उद्घाटन  खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"