Day: ३ वर्ष अगाडि

भारतमा एकै परिवारका ७ जनाद्वारा सामूहिक आत्महत्या

भारतमा एकै परिवारका ७ जनाद्वारा सामूहिक आत्महत्या

Breaking News 1, अन्तर्राष्ट्रिय
  नयाँ दिल्ली, ११ कार्तिक । भारतको सुरत सहरमा सामूहिक आत्महत्याको खबर सार्वजनिक भएको छ । यस दुखद घटनामा एकैसाथ सात जनाको मृत्यु भएको छ । सुरतको यो हृदय विदारक घटनामा पुरै परिवारले विष पिएर सामूहिक आत्महत्या गरेका छन् । एक परिवारका श्रीमान् श्रीमती, बाबुआमा, एक छोरा र दुई छोरीसहित सामूहिक आत्महत्या गरेको खबर सार्वजनिक भएको हो । शान्तिलाल सोलंकीले झुन्डिएर आत्महत्या गरेका छन् भने परिवारका अन्य सदस्यले पनि विष खाएर आत्महत्या गरेको आशङ्का गरिएको छ । यो घटना सूरतको पालनपुर क्षेत्रमा भएको हो । प्रहरीका अनुसार यो दुखद घटना शनिवार सूरतको अडाजन क्षेत्रमा भएको हो । यस घटनाले सुरतका बासिन्दाहरूलाई स्तब्ध बनाएको छ किनभने चार वयस्क र तीन बालबालिकासहित एकै परिवारका सात सदस्यले सामूहिक आत्महत्या गरेका छन्। घटना अडाजनको पालनपुर पटिया स्थित सिद्धेश्वर अपार्टमेन्टमा भएको हो । शान्तिलाल सोलंकीले प...
प्रधानमन्त्री प्रचण्ड पुगे काँग्रेसको चियापानमा

प्रधानमन्त्री प्रचण्ड पुगे काँग्रेसको चियापानमा

समाचार
काठमाडौँ, ११ कार्तिक । नेपाली काँग्रेसको जारी चियापान कार्यक्रममा शीर्ष नेताहरू जाने क्रम जारी रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् । काँग्रेस हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।...
मुगुमा हत्यारा पत्ता लगाउन कुकुरसहितको प्रहरी टोली घटनास्थलमा

मुगुमा हत्यारा पत्ता लगाउन कुकुरसहितको प्रहरी टोली घटनास्थलमा

समाज
हेमन्त केसी सुर्खेत, ११ कार्तिक । मुगुको मुन्दु गाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका–६ को मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो । जिल्ला  प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा कर्णाली प्रदेशको सुर्खेत कार्यालयबाट एक वटा तालिम प्राप्त कुकुरसहित तीन जना प्रहरी सायक निरीक्षकको टोलीसहित अनुसन्धानका लागि घटना स्थलमा आइपुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनामा संलग्न व्यक्ति नउम्किउन् भनेर प्रहरीले सतर्कता अपनाएको बताए । उनका अनुसार घटना संलग्नहरू भाग्न सक्ने सम्भावित नाकाहरूमा निगरानी बढाइएको छ । घटनाको जानकारी प्राप्त भए लगत्तै प्रदेश कार्यालयको समन्वयमा...
काँग्रेसलाई गठबन्धन वाट बाहिर निस्कन एमाले महासचिवको सुझाव

काँग्रेसलाई गठबन्धन वाट बाहिर निस्कन एमाले महासचिवको सुझाव

Breaking News 1, समाचार
दाङ, ११ कार्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन वाट बाहिर निस्कन काँग्रेसलाई सुझाव दिएका छन् । वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक सङ्कटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले काँग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नु पर्ने जनाएका हुन् । प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले  दलालहरूको पहुँच सरकारको नेतृत्व गरेका शयन कक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डामाडोल भई सक्दा पनि काँग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् । उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्ता गठबन्धन तस्करको इशारामा चलिरहेकाले मुलुकको सर्वोपरि हितमा काम गर्न सक्ने अवस्थामा छैन । ‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र कमजोर भयो । सरकारले अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र वैधानिक अर्थतन्त्रलाई दुरुत्साहन गरेकाले अर्थतन्त्र ब...
इजरायल आफ्नो पागलपनबाट बाहिर निस्कनु पर्छ: टर्कीका राष्ट्रपति

इजरायल आफ्नो पागलपनबाट बाहिर निस्कनु पर्छ: टर्कीका राष्ट्रपति

अन्तर्राष्ट्रिय
इस्तानबुल, ११ कार्तिक । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताएका छन् । हमास–इजरायल युद्धको २२ औँ दिनमा रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताउँदै प्यालेस्टाइन माथि आक्रमण रोक्नु पर्ने जनाएका छन् । राष्ट्रपति एर्डोगानले इजरायललाई गाजा पट्टीबाट तत्काल बाहिर आउनु पर्ने र आफ्नो पागलपनको अवस्थाबाट बाहिर निस्कनु पर्ने उनको भनाई छ । उनले गाजापट्टीमा भएको आक्रमण बन्द गर्नका लागि आह्वानसमेत गरेका छन्। ‘गाजामा इजरायली बमबारी, जुन हिजो राती तीव्र भयो, फेरि महिला, बालबालिका र निर्दोष नागरिकहरूलाई लक्षित गरी मानवीय सङ्कटलाई गहिरो बनाएको छ,’ उनले भने।...
चाडपर्वमा प्रगतिशीलता कसरी सम्भव छ ?

चाडपर्वमा प्रगतिशीलता कसरी सम्भव छ ?

विचार/ लेख/रचना/ साहित्य
  निनु चापागाईँ अनेकताका बिचमा एकता नेपाली संस्कृतिको एउटा विशेषता हो संस्कृतिका सम्बन्धमा खोजीनिती गर्ने विद्वान्हरूले यसो भन्दै आएका छन् । एकभन्दा बढी जाति, समुदाय र भाषा भाषी भएका सबै मुलुकमा यस्तो विशेषता नपाइने होइन । तर नेपालको हकमा भने यो विशेषतालाई अद्वितीय नै भन्न सकिन्छ । किनभने नेपालमा एक सयभन्दा बढी भाषाहरू बोलिन्छन् र साठीभन्दा अलि धेरै जातिहरूको बसोबासो छ । नेपालमा आठभन्दा बढी धर्मावलम्बीहरू रहँदै आएका छन् र ती सबैको आ-आफ्नै विशिष्ट संस्कृति छ । तिनमा आ-आफ्नै खालका चाडबाडहरू पनि चलनमा छन् । यसरी हेर्दा नेपाल संस्कृति र चाडबाडका दृष्टिले असाध्यै समृद्ध छ र त्यसमा विविधता पनि पर्याप्त छ । तर नेपालका सन्दर्भमा अर्को बिर्सनै नसकिने तथ्य के पनि छ भने नेपालको शासक वर्ग शताब्दियौं अघिदेखि हिन्दु धर्मावलम्बी रहेको छ र त्यसले आफ्नै धर्म र संस्कृतिलाई अन्य सबैमाथि लाद्ने र आ...
घरायसी झगडामा चिर्पटले हान्दा श्रीमतीको मृत्यु

घरायसी झगडामा चिर्पटले हान्दा श्रीमतीको मृत्यु

सुरक्षा र कुटनिती
खोटाङ, ११ कार्तिक । खोटाङमा चिर्पटले हानेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । सामान्य घरायसी झगडा भइरहेको बेला अचानक श्रीमान् दावाले ३६ वर्षीय श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेका थिए, उक्त चोटले श्रीमतीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । श्रीमान् दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
चन्द्र गहणको सुरुवात रातको १ बजेर २० मिनेटमा सुरु हुने

चन्द्र गहणको सुरुवात रातको १ बजेर २० मिनेटमा सुरु हुने

विज्ञान प्रविधि
काठमाडौँ, ११ कार्तिक । आजको लाग्ने चन्द्रगहण नेपालभरिबाट देखिनेछ ।  चन्द्रमाको कुल ६ प्रतिशत भू भाग ओगट्ने चन्द्र ग्रहण मध्यरातमा सुरु हुनेछ । नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज कोजाग्रत पूर्णिमाको रातमा सो चन्द्र ग्रहण सुरु हुनेछ । उनका अनुसार उक्त खण्डग्रास चन्द्र ग्रहण नेपालका जुनसुकैबाट देख्न सकिने छ  भने राती २ बजे मात्रै त्यसको अनुभव गर्न सकिनेछ । यस खण्डग्रास ग्रहणको सुरुवात आज अर्थात् शनिवार राति १ बजेर २० मिनेटबाट हुनेछ भने राति २ बजेर ३८ मिनेटमा सकिनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा देखिनेछ ।...
हमास- इजरायल युद्ध बिरामको पक्षमा राष्ट्रसंघ: इजरायलकाे विरोध, हमासकाे स्वागत

हमास- इजरायल युद्ध बिरामको पक्षमा राष्ट्रसंघ: इजरायलकाे विरोध, हमासकाे स्वागत

अन्तर्राष्ट्रिय
न्युयोर्क, ११ कार्तिक  । आज हमास-इजरायल सङ्घर्षको २२ औँ दिन हो। यस युद्धमा अहिलेसम्म इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ७,३२६ पुगेको छ  ।  त्यसरी मृत्यु हुनेमा ४०% बालबालिका रहेको डब्लुएचवोले बताएको छ  । संयुक्त राष्ट्र सङ्घ, समस्याको समाधान खोजिरहेको छ तर सो प्रयास प्रति प्यालेस्टाइन र इजरायल विभाजित भएका छन्  । संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव हालै पारित गरिएको छ, जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्ध विरामको आह्वान गरिएको छ। यो प्रस्तावको पक्षमा नेपालको सहित १२० राष्ट्रले पक्षमा मतदान गरेका थिए भने विपक्षमा इजरायलसहित १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले भने मतदान प्रक्रियामा सहभागी नै भएनन् । इजरायलले युद्ध बिरामको सो प्रस्तावको विपक्षमा मतदान गरेको छ । इजरायली विदेश मन्त्रीले युद्ध विरामको आह्वान गर्ने संयुक्त ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"