Day: २ वर्ष अगाडि

धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला, मादक पदार्थले लिएको हुनसक्छ ज्यान

धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला, मादक पदार्थले लिएको हुनसक्छ ज्यान

सुरक्षा र कुटनिती
धनकुटा, ७ मङ्सिर । धनकुटामा एकाघरका तीन व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेमा बुधवार राति एकै घरका तीन जना मृत फेला परेका हुन । प्रहरीका अनुसार तीनै जना झुन्डिएको अवस्थामा फेला परे पछि घटना थप रहस्यमय भएको छ । यसरी झुन्डिएको अवस्थामा मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ बर्सिया पत्नी झुमा र ११ वर्षका छोरा आयुध रहेका छन् । सो घटनामा ६ वर्षकी छोरी आशिका भने सकुशल रहेकी छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक टीकाले मादक पदार्थ सेवन गरी पत्नी र छोराको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेको हुन सक्ने कोणबाट अनुसन्धान गरिएको छ । घटनास्थलमा अहिले प्रहरीले पुगेको र सो घटनाको मुचुल्का उठाउने काम भइरहेको छ । प्रहरीका अनुसार थप अनुसन्धान जारी छ ।...
उत्तर कोरियाले गर्‍यो सियोल सैन्य सम्झौता निलम्बन, सीमामा पठायो सेना

उत्तर कोरियाले गर्‍यो सियोल सैन्य सम्झौता निलम्बन, सीमामा पठायो सेना

अन्तर्राष्ट्रिय
प्योङयाङ, ७ मङ्सिर । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ । प्योङयाङले सैन्य जासुस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि २०१८ संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ । ‘उत्तर कोरिया सम्झौतामा कहिल्यै बाध्य हुनेछैन,’ राज्य मिडियाले बिहीबार रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे इनबीचको २०१८ शिखर सम्मेलनमा व्यापक सैन्य सम्झौता प्रायद्वीपमा तनाव कम गर्न र दुई देशहरू बिच विश्वास निर्माण गर्ने प्रयासको रूपमा हस्ताक्षर गरिएको थियो। गत मे र अगस्टमा असफल भए पछि प्योङयाङले माल्लिग्योङ–१ लाई सफलतापूर्वक कक्षमा प्रक्षेपण गरेको बताएपछि सियोलले बुधवार सम्झौताका केही भागहरूबाट पछि हटेको हो । ‘हामी उत्तर दक्षिण सैन्य सम्झौता अनुसार र...
आजदेखि केपी ओली कप टी-२० क्रिकेट, १२ टिम खेल्दै

आजदेखि केपी ओली कप टी-२० क्रिकेट, १२ टिम खेल्दै

खेलकुद
काठमाडौँ, ७ मङ्सिर। गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । आज पहिलो दिन बागमती प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोबिच खेल हुँदै छ । यो खेल बिहान ११ बजेदेखि पोखरा रङ्गशालामा हुँदै छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गर्ने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसै गरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजक मदन भण्डारी स्पोर्टस् ए...
काठमाडौँ प्रदर्शनका लागि ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि सुरक्षा गरिने

काठमाडौँ प्रदर्शनका लागि ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि सुरक्षा गरिने

Breaking News 1, समाचार
काठमाडौँ, ७ मङ्सिर । आज हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्नका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँमा आज नेकपा एमाले निकट युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले एकै पटक प्रदर्शन गर्ने भए पछि व्यापक प्रहरी परिचालन गरिएको हो । जसअनुसार ७ हजार बढी सुरक्षाकर्मी यतिखेर काठमाडौँ उपत्यकाको सडकमा परिचालन भएका छन् । नियमित जस्तो हुने गरेको माइतीघरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले निषेधाज्ञा जारी गरेपछि युवा सङ्घले तीनकुने र प्रसाईँ नेतृत्वको अभियानले बल्खुमा कार्यक्रम गर्दै छन् । सुरक्षा निकायका अनुसार जुलुस आउने बाटो र कार्यक्रम स्थलमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् भने काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन भइरहेका छन् । जसका लागि उपत्यका प्रहरी कार्यालयले डिआइजीको नेतृत्वमा ‘कमान्ड’ सेन...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"