प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र
हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल सहभागी नहुने निर्णय गरेको छ । साथै, प्रदेश सरकारसँग सम्बन्धित आवश्यक राजनीतिक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको जनाएको छ ।
बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठन वा सत्ता साझेदारीका विषयमा पार्टीको निर्देशनबिना कुनै पनि गतिविधिमा सहभागी नहुन प्रदेशका संसदीय दल तथा प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको हो ।
राप्रपाले हालको अवस्थामा प्रदेश सरकारहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा ९माओवादी केन्द्रको सहकार्यमा नै गठन हुने आफ्नो बुझाइ रहेको उल्लेख गर्दै पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय अध्यक्ष लिङ...