हेटौंडा/ बागमति प्रदेश स्तरीय आठौं महिला उद्यमी प्रदर्शनी शुक्रबार आज देखि सुरु भएको छ ।

उद्योग बाणिज्य संघ मकवानपुर र महिला उद्यमी बिकास समितिको आयोजनामा ५ दिने महिला उद्यमी प्रदर्शनी कार्यक्रम सञ्चालन गरिएको हो ।

बागमति प्रदेशका महिला उद्यमीकर्मीहरुले निर्माण तथा उत्पादन गरेका समाग्रिहरुको स्टल राखी प्रर्दशन गरेका थिए । प्रर्दशनि कार्यक्रम ६ गते सम्म चल्ने छ ।

कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, निर्माण ब्यबसायी संघ अध्यक्ष बाल गोपाल कडेल, एकीकृत समाजबादी मकवानपुर अध्यक्ष बिष्णु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली र अन्य विभिन्न संघ संस्थाहरुको उपस्थित रहेको थियो ।





























