Day: २ वर्ष अगाडि

सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा पुन पक्राउ

सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा पुन पक्राउ

Breaking News 1, समाचार, समाज
काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ । सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो उठबस रहेको भेटिएको थियो ।...
रौतहटमा मनी ट्रान्सफरका सञ्चालकमाथि गोली चलाउने तीन जना भारतीय पक्राउ

रौतहटमा मनी ट्रान्सफरका सञ्चालकमाथि गोली चलाउने तीन जना भारतीय पक्राउ

Breaking news 3, मधेश प्रदेश, सुरक्षा र कुटनिती
काठमाडौँ। रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको घटनामा संलग्न तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा भारत विहारका मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंह रहेका छन् । परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार गरेका उनीहरु रकम लिएर भाग्दै गर्दा पक्राउ परेका हुन् । उनीहरु भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तीन जना चढेर आएका थिए । हतियारसहित आएकाहरुले सञ्चालक साहलाई काउन्टरबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका थिए ।...
महिला उद्यमी प्रदर्शनी २०८० आजबाट सुरु

महिला उद्यमी प्रदर्शनी २०८० आजबाट सुरु

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा/ बागमति प्रदेश स्तरीय आठौं महिला उद्यमी प्रदर्शनी शुक्रबार आज देखि सुरु भएको छ । उद्योग बाणिज्य संघ मकवानपुर र महिला उद्यमी बिकास समितिको आयोजनामा ५ दिने महिला उद्यमी प्रदर्शनी कार्यक्रम सञ्चालन गरिएको हो । बागमति प्रदेशका महिला उद्यमीकर्मीहरुले निर्माण तथा उत्पादन गरेका समाग्रिहरुको स्टल राखी प्रर्दशन गरेका थिए । प्रर्दशनि कार्यक्रम ६ गते सम्म चल्ने छ । कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, निर्माण ब्यबसायी संघ अध्यक्ष बाल गोपाल कडेल, एकीकृत समाजबादी मकवानपुर अध्यक्ष बिष्णु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली र अन्य विभिन्न संघ संस्थाहरुको उपस्थित रहेको थियो ।...
सुन तस्करीमा संलग्न रहेको आरोपमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

सुन तस्करीमा संलग्न रहेको आरोपमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

Breaking News 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । सुन तस्करीमा संलग्न रहेको आरोपमा नेकपा माओवादी केन्द्र का उपाध्यक्ष एबम् पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ । पूर्व सभामुख महरालाई फेरि अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो ।  ...
केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको लागि सिफारिस

केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको लागि सिफारिस

Breaking news 3, प्रमुख समाचार, समाज
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाहीको लागि सिफारिस भएको छ । सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो । प्रहरीकै पूर्वउच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले देखाएको गृह मन्त्रालय स्रोतले जनाएको छ । आयोगको सिफारिससँगै बज्राचार्यमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ ।...
क्रिकेटर लामिछाने विरुद्धको बलात्कार मुद्दामा सरकारी वकिल पनि उच्च अदालतमा

क्रिकेटर लामिछाने विरुद्धको बलात्कार मुद्दामा सरकारी वकिल पनि उच्च अदालतमा

Breaking News 1, प्रमुख समाचार, समाज
काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ । जिल्ला अदालत काठमाडौंले आफ्नो माग दाबी भन्दा कम सजाय तोकेको भन्दै उच्च सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको हो । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो । सरकारी वकिलले भने पीडित बालिका रहेको दावीसहित सन्दीपलाई १३ वर्ष कैद सजायको मागदाबी गरेको थियो । क्रिकेटर लामिछानेले पनि जिल्ला अदालतको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिइसकेका छन्...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"