कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले
हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको छ ।
आज आईतबार सम्पन्न वडा अधिवेशनबाट रोशन गोले सर्वसम्मत रूपमा वडा सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । बागमती प्रदेश, मकवानपुर जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। २ तथा प्रदेश सभा क्षेत्र ’ख’ अन्तर्गत पर्ने हेटौंडा–३ मा पार्टीभित्रको आन्तरिक एकता र समझदारीलाई जोड दिँदै गोलेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।
वडा सभापति पदमा निर्विरोध निर्वाचित भएपछि नवनिर्वाचित सभापति गोलेले आफूलाई विश्वास गरेर नेतृत्व सुम्पिने सम्पूर्ण पार्टी पंक्तिप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् । उनले निर्वाचन सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने निवर्तमान वडा सभापति, महासमिति सदस्य, प्रदेश महाधिवेशन प्रतिनिधिहरू, वडा कार्यसमित...





