मनहरीको बनकरिया महिलाहरुलाई साबुन बनाउने तालिम शुरु
हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मा बसोबास गर्ने बनकरिया बस्तिका महिलाहरुलाई साबुन बनाउने तालिम सञ्चालन गरिएको छ। उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण हेटौंडा मकवानपुरको प्रायोजनमा तथा वडाको आयोजनामा मंगलबार देखि तालिम संचालनमा गरिएको हो ।
सावुन बनाउने तालिम ३० दिन सम्म संञ्चालन हुने जनाएको छ । बनकरिया समुदायका महिलाहरुलाई उद्यमशिलता तर्फ अग्रसर बनाउने उद्देश्यले तालिमको आयोजना गएिको हो । मनहरी गाउँपालिका अध्यक्ष्य रन्जन कालाखेतिको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा तालिम पस्चात सिकेका सिपलाई निरन्तरता दिदै माग अनुसार उत्पादन गर्न र सहजीकरण गर्न मेसिन समूहलाई प्रदान गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् । महिलाहरुले उत्पादन गरेका साबुन गुणस्तरीय हुनुपर्ने र पालिकाको सान र मान दुबैलाई ध्यान दिदै उत्पादनमा ध्यान दिन आग्रह समेत गरेका छन् ।...








