Day: ३ वर्ष अगाडि

मोरक्को भूकम्पमा मृत्यु हुनेको सङ्ख्या  २००० नाघ्यो

मोरक्को भूकम्पमा मृत्यु हुनेको सङ्ख्या  २००० नाघ्यो

अन्तर्राष्ट्रिय, समाचार
२३ भदौ । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म २०१२ भन्दा बढीकाे मृत्यु भएको छ भने २०५ ९ जना घाइते भएको छन । ७.२ रेक्टरको भुकम्पले गर्दा कैयौं भवनहरु ढलेका छन् भते जनजीवन अस्तव्यस्त भएका छन् । मोरक्कोमा १२० बर्षको इतिहासमा यो सबैभन्दा ठूलो भुकम्प हो । शुक्रबार राति ११ :११ बजे भएको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।  शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् । शुक्रवारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् ।  सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय...
सिक्ने र सिकाउने अभियानमा ज्ञानशाला 

सिक्ने र सिकाउने अभियानमा ज्ञानशाला 

शिक्षा, समाचार
काठमाडौँ । समाज, राजनीति, दर्शन आदिसँग जोडिएका हरेक पक्षहरूको अध्ययन तथा अनुसन्धानसँग सम्बन्धित हुँदै  ज्ञानशाला अनुसन्धान केन्द्रको स्थापन गरिएको छ । राजधानीको नयाँबजार स्थित उत्तम चोक, खुशीबुमा सो केन्द्रको स्थापना गरिएको छ ।  २०८० साल भाद्र २४ गते औपचारिक रूपमा उद्घाटन गरिएको अनुसन्धान केन्द्रले समाज तथा राजनीतिसँग जोडिएका हरेक विधाहरूको अध्ययन तथा अध्यापन गराउने केन्द्रका अध्यक्ष भोला ढकालले बताउनु भयो । अनुसन्धानमूलक विषयहरूमा केन्द्रित हुनुका साथै विभिन्न भाषा कक्षाहरू, शिक्षक तथा मन्टेश्वरी तालिम, सेयर तथा लेखा तालिम, नेतृत्व विकास कार्यशाला, कविता तथा कथा लेखन कार्यशाला, बाल साहित्य लेखन, आधारभूत आमसञ्चार तालिम, योगा तथा नृत्य अभ्यास जस्ता विषयहरूमा पनि क्रियाशील भइने वहाँले बताउनु भयो ।  शिक्षा तथा सामाजिक क्षेत्रमा लामो अनुभव प्राप्त गर्नुभएका अध्यक्ष ढकालले ...
फरक तरिकाले मनाइयो स्मृतिशेष ढकालको कार्यक्रम

फरक तरिकाले मनाइयो स्मृतिशेष ढकालको कार्यक्रम

समाचार
काठमाडौँ । परम्परागत शैलीभन्दा फरक तरिकाले स्मृति शेष खगेश्वर ढकालको दोस्रो स्मृति कार्यक्रम सम्पन्न गरिएको छ । २०८० भदौ २२ गते शुक्रवारका दिन नयाँबजारस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको हलमा सो कार्यक्रम सम्पन्न गरिएको हो । ढकाल परिवारका सदस्य तथा स्मृति शेष खगेश्वर ढकालका शुभचिन्तकसमेतको सहभागितामा स्मृति कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा स्मृति शेष खगेश्वरको जीवनका विभिन्न पक्षका बारेमा चर्चा–परिचर्चा गरिएको थियो ।’ बुबाले हामीलाई छोडेर जानुभयो । मृत शरीर नरहे पनि उहाँका विचार युग–युगसम्म कार्यान्वयनको विषय रहिरहने छन्’ स्मृति कार्यक्रमको अवसरमा उहाँका छोरा डा. चूडा ढकालले बताउनुभयो । स्मृति कार्यक्रममा आफ्नो धारणा राख्दै खगेश्वर ढकालकी बुहारी तथा प्राज्ञ सदस्य डा.कौशीला रिसालले कतिपय संस्कार तथा परम्परा समय र परिस्थितिअनुसार परिवर्तन गर्दै जानुपर्ने बताउनुभय...
युनाइटेड फ्रन्टको पहिलो विश्व सम्मेलन सम्पन्न

युनाइटेड फ्रन्टको पहिलो विश्व सम्मेलन सम्पन्न

अन्तर्राष्ट्रिय
ब्रसेल्स । फासिवाद, युद्ध र वातावरणीय विनाश विरुद्ध साम्राज्यवाद विरोधी अग्रगामी युद्धको घोषणा गर्दै साम्राज्यवाद र फासिवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्त मोर्चाको प्रथम विश्व सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नेपालबाट सुवास जिसीलाई उपाध्यक्षमा चयन गरेको छ । नवनिर्वाचित सहअध्यक्ष सुवाज जि.सी.सँग अन्तर्राष्ट्रिय सम्मेलनको बारेमा सम्पर्क गर्दा, ‘युनाइटेड फ्रन्टको प्रथम सम्मेलन उत्साहप्रद रूपमा सम्पन्न भएको तथा निर्वाचित नयाँ समितिको छिटै बैठक बसेर विस्तृत योजनाहरू बनाइने’ बताउनुभयो ।  विश्वका करिब ४६ देशका १२४ प्रतिनिधिसहित करिब ६५० सहभागीको उपस्थितिमा सेप्टेम्बर ३ देखि ६ (२०२३) सम्म जर्मनीमा सो सम्मेलन सम्पन्न भएको हो ।अन्तर्राष्ट्रिय सम्मेलनले नौ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ । पेरूका एडिथ लुज र जर्मनीबाट मोनिका गार्टनर–एङ्गेल अध्यक्षका रूपमा निर्वाचित भएका छन् । नेपाल, पे...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"