Day: ३ वर्ष अगाडि

तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा

तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा

समाज
काठमाडौं, १३ कात्तिक । आफूलाई अभियन्ता बताउने तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको छ । ललितपुर महालक्ष्मी नगरपालिकाका बलाराम बोगटीले आफू विरुद्ध अनर्गल प्रचार गरेर बेइज्जती गरेको भन्दै बरालविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । टिका योगी वारेसमार्फत सिएन १५५९ दर्ता गराएको गाली बेइज्जती रिट निवेदनमा बोगटीले उल्लेख गरेका छन्, ‘विपक्षीलाई अरूको मान सम्मान र प्रतिष्ठामा आँच आउने गरी बोल्न लेख्न हुँदैन, गाली गर्नु हुँदैन र झुटा आरोप लगाउनु हुँदैन भन्ने थाहा छ तर, म एक महिला अभियन्ताको भएको मलाई कसैले केही कारबाही गर्न सक्दैन, म प्रहरी प्रशासनसँग डराउन्न भनी म जस्तो प्रतिष्ठित महिला उपर नभएको नगरेको एकदमै झुटा लाञ्छनाको शब्दहरू आफ्नो फेसबुक आइडीमार्फत प्रकाशन गरी मेरो सामाजिक राजनीतिक प्रतिष्ठामा आँच आउने भाष स्ट्याटसमा राख्नु भएको छ, जसबाट मेरो इज...
बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

सुरक्षा र कुटनिती
बारा, १३ कात्तिक । बाराको कलैयामा  अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको  छ । अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक  रुपेश स्वर्णकारमाथि २ राउन्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।...
महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सुरक्षा र कुटनिती
महोत्तरी, १३ कात्तिक । महोत्तरीबाट स्रोत नखुलेको १३ लाख रुपैयाँभन्दा बढी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।  जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित भारत विहारका ४० वर्षीय अरुण पंजियार पक्राउ परेका छन् । जलेश्वर नगरपालिका–७ वखरी चोकस्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बस चेकजाँच गर्दा पंजियारको साथबाट स्रोत उक्त रकम बरामद गरिएको हो ।...
नेपालको सिंगापुरमाथि ८ विकेटको जित

नेपालको सिंगापुरमाथि ८ विकेटको जित

Breaking News 1, खेलकुद
काठमाडौँ, १३ कात्तिक । काठमाडौँमा जारी आइसिसी टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध आठ विकेटको जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रन जोड्दा आसिफ शेखले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नट आउट रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अविनाश बोहराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यवीर चौधरीले ३७ र मनप्रित ...
गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध

गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध

अन्तर्राष्ट्रिय
गाजा, १३ कार्तिक । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले गाजा जारी युद्ध रोक्नु पर्ने जनाएका छन् । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले गाजामा जारी युद्ध तत्काल रोक्नु पर्ने जनाएका हुन । उनले युद्धविराम गरी शान्तिको लागि विनम्र अनुरोधसमेत गरेका छन् । केही घण्टा अघि सामाजिक सञ्जालमा साझा गरिएको पोष्टमार्फत उनले इथियोपियाको टिग्रेका टेड्रोसले बाल्यकालमा युद्धको वरिपरि हुर्केका आफ्नै अनुभवहरू साझा गरेका छन् । ‘युद्धको छायामा फसेको बच्चाको रूपमा मैले यसको गन्ध, आवाज र दृश्यहरू राम्ररी चिनेको छु,’ उनले भने, ‘म अहिले द्वन्द्वको बीचमा परेकाहरूप्रति गहिरो सहानुभूति देखाउँछु, उनीहरूको पीडा मेरो आफ्नै जस्तो महसुस गर्दछु ।’ यसअघि पनि टेड्रोसले प्यालेस्टिनीस्थित अल–कुड्स अस्पतालमा निकासीको धम्कीको रिपोर्ट प्रति गहिरो चिन्ताको विषय भएको बताएका थिए।  ...
आइसिसी क्रिकेट: नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै

आइसिसी क्रिकेट: नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै

Breaking News 1, खेलकुद
काठमाडौँ, १३ कार्तिक । नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुदैँछ । आइसिसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुदैँछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजेबाट सुरु हुनेछ । आइसिसी टी–२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली क्षेत्रका ८ राष्ट्रले आज सोमबारदेखि नेपालका दुई वटा रङ्गशालामा प्रतिस्पर्धा गर्दैछन । जसअनुसार आज नेपाल र सिंगापुर बिचमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो । सोही समयमा मुलपानी क्रिकेट मैदानमा भने खाडी राष्ट्रका दुई मुलुक बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ ।...
भारतको आन्ध्र प्रदेशमा दुई रेल एक आपसमा ठोक्किँदा ९ को मृत्यु

भारतको आन्ध्र प्रदेशमा दुई रेल एक आपसमा ठोक्किँदा ९ को मृत्यु

अन्तर्राष्ट्रिय
नयाँ दिल्ली, १३ कार्तिक। आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुई वटा यात्रुवाहक रेल एक आपसमा ठोक्किएका छन् । यस रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रहरीलाई उद्धृत गर्दै अधिकारीले सो जानकारी दिएका हुन् । मृतकका लागि क्षतिपूर्ति घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। सो दुर्घटना पर्ने रेलहरूमा ०८५३२ विशाखापट्टनम– पलासा यात्री र ०८५०४ विशाखापट्टनम– रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ। यो टक्करका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । यो रेल दुर्घटना भएको लाइन हावडा–चेन्नई लाइन भनिन्छ। अहिले रेलमार्ग सफा गर्ने काम भइरहेको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"