Day: ३ वर्ष अगाडि

टिकटक बन्द गर्ने सरकारको निर्णय, होला त कार्यान्वयन ?

टिकटक बन्द गर्ने सरकारको निर्णय, होला त कार्यान्वयन ?

समाचार
कात्तिक २७, काठमाडौँ । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरेको चार दिन पछि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउने भन्दै निर्देशिका ल्याएको सरकारले त्यसको कार्यान्वयन प्रक्रिया सुरु नगरी टिकटक प्रतिबन्ध गरेको हो । टिकटक प्रतिबन्धको निर्णयको पक्ष र विपक्ष दुबैथरि मत सार्वजनिक भएका छन् । राजनीतिक दलका कतिपय नेताहरुले टिकटक माथि प्रतिबन्धको विपक्षमा धारणा राखेका छन् । उनीहरुले टिकटकलाई मर्यादित बनाउन सरकारले नियम बनाउनुपर्नेमा प्रतिबन्ध लगाउनु उचित नहुने धारणा राखेका छन् । अन्य दलभित्रका नेताहरुको पनि फरक फरक धारणा आएको छ । टिकटक बन्द गर्ने सरकारो निर्णयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि मिश्रित प्रतिक्रिया जनाएका छन् । कतिपयले भने टिकटक प्रतिबन्ध लगाउनु अभिव्यक्ति स्वतन्त्रता माथी नै बन्देज लगाउनु भएको भन्दै बिरोध गरेका छन्...
दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए

दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए

खेलकुद, समाचार
काठमाडौँ, २७ कार्तिक । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि सामु ओमोरोडियोनले पहिलो मिनेटमै गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएका थिए । यो यस सिजनमा बार्सिलोनाको नवौं जित हो । यो जितपछि १३ खेलमा ३० अंक भएको बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ । त्यस्तै आल्भेजको भने यो हारपछि १३ खेलमा १२ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ ।...
बगरमा नै सुन फलाउदै सिराहाका पूर्ण भुमिहिनहरु

बगरमा नै सुन फलाउदै सिराहाका पूर्ण भुमिहिनहरु

समाचार, समाज
बिशाल बस्नेत /न्युज कारखाना, महोत्तरी, २७ कार्तिक ।  एक बर्ष अगाडि मात्र फर्केर हेर्ने हो भने कर्जन्हा नगरपालिकाको वडा न.६ स्थित कमला नदिको किनारमा रहेको वगरमा कासघारी र बालुवा मात्र  मात्र थियो । बगर नै बगर रहेको बरहरा मिर्चैया भन्ने यस ठाउँमा दिउसै मानिसहरु आवतजावत गर्न  डराउथे । तर  बर्ष दिनको छोटो अवधीमा यही बालुवाघारी हरियाली मात्र हैन, गरिव र भुमिहिनको लागी सबथोक बनेको छ । लटरम्म फलेको खुर्सानी देखाउदै स्थानिय रामेस्वर सिंहले भने-` यदि  यो बगर नगरले  गरिखान दिएर सहयोग नगरेको भए त हामी निक्कै समस्यामा हुन्थ्यौ ।´ `पहिले बनिबुथो गरेर खान पनि खान धौधौ हुन्थ्यो, ´ एक बर्ष अगाडीको स्मरण गर्दै सिंहले भने, `अर्काको ज्यालादारी गरेर आएको पैसाले जिविकोपार्जन गर्थ्यौ अहिले त यही बगरवाट त्यस्को दोब्बर आम्दानी हुन्छ ।´ सुरुमा त सिंहले बगरमा खेती गरेर आयआर्जन होला भन्ने पत्याउन नै सकेका थिएनन । ...
आज तिहारको तेस्रो दिन, गाई पूजा गरेर मनाइँदै

आज तिहारको तेस्रो दिन, गाई पूजा गरेर मनाइँदै

Breaking News 1, समाचार, समाज
कात्तिक २५, काठमाडौं । तिहारको तेस्रो दिन आज गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिई मनाइन्छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरूको घर गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाउने परम्परा रहि आएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"