Day: २ वर्ष अगाडि

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउने अदालतको आदेश

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउने अदालतको आदेश

Breaking News 2, अपराध/ अनुसन्धान, समाज
काठमाडौँ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले आजको सुनुवाइपछि जिल्ला अदालत काठमाडौँको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उक्त आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँले गत पुस २५ गते बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख भराउने फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । पुनरावेदन गरिएको मुद्दामा अदालतले अर्को पक्षलाई सूचना दिएर बोलाउने प्रक्रियालाई झगडिया झिकाउने भनिन्छ । अदालतले उक्त मुद्दामा आगामी वैशाख ३ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको छ ।...
वैवाहिक बलात्कार मुद्दामा नेपाल आइडल सिजन २ को विजेता गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी

वैवाहिक बलात्कार मुद्दामा नेपाल आइडल सिजन २ को विजेता गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं । वैवाहिक बलात्कार र मुद्दामा नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । गायक ओडको श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक एसपी चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको बताए । चैत २० गते ओडकी श्रीमतीले प्रहरीमा किटानी उजुरी दिएकी थिइन् । सोही दिन अदालतले पनि पक्राउ पुर्जीको अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको र उनी हुनसक्ने ठाउँमा पत्राचार समेत गरिएको जनाएको छ । उनको इन्स्टाग्राम स्टोरी हेर्दा उनी यतिबेला सांगीतिक कार्यक्रमको लागि जापानमा रहेको बुझिन्छ ।...
अभिलेखमा क्षति पुर्‍याए ३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको प्रस्ताव

अभिलेखमा क्षति पुर्‍याए ३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको प्रस्ताव

Breaking news 3, समाचार
काठमाडौं / अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा अभिलेखहरुको क्षति पु¥याए ३ वर्ष कैद र १ लाख रुपैयाँसम्मको जरिवानाको प्रस्ताव गरिएको छ । अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको हो । शुक्रवारबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा शुरु भएको छलफलका क्रममा समितिको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले विद्युतीय रेकर्डलाई पनि अभिलेखको रुपमा राख्ने विधेयकको उद्देश्य रहेको बताए । सचिव काफ्लेले अभिलेखहरुको क्षति पु¥याउँदा ५ हजारसम्मको जरिवाना र ३ वर्षसम्मको कैद सजाय हुने गरेकोमा प्रस्तावित विधेयकमा कैदलाई ३ वर्ष नै कायम गरिएको र जरिवानालाई १ लाखसम्म पु¥याउने प्रस्ताव गरिएको बताएका छन् । इेमेज खबरबाट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"