नेपाली कांग्रेसको कार्यकर्ता प्रशिक्षण कार्यक्रम
हेटौंडा/ नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम हेटौंडामा भएको छ ।
शुक्रबार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मकवानपुरको आयोजनामा कार्यकर्ता प्रशिक्षण, भाषण कला र बैठक सञ्चालन प्रणाली प्रशिक्षण कार्यक्रम भएको हो ।
बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उपसभापति राजेश बानियाको सभाअध्यक्षतमा कार्यक्रमको उद्धघनटन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ईन्द्र बानियाँले विपक्ष दल नेकपा एमालेको संसदिय मुल्य मान्यता कायम नभएको औल्याउदै यथार्थ र सत्यताको राजनिति नभएको बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवंम कार्यक्रमका प्रमुख प्रशिक्षक पुष्पा भुसालले राजनैतिक घटना र अवस्थाको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा पार्टीका जिल्ला सभापति बुद्ध ...