एनसीसी रनिङ भलिबल कप-२०२४ को टाइसिट प्रकाशन
दक्षिण कोरिया । नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाद्वारा आयोजना गर्न लागिएको एनसीसी रनिङ भलिबल कप-२०२४ को टाइसिट प्रकाशन भएको छ । दक्षिण कोरियाको सुवन शहरमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै टाइसिट वितरण गरेको हो ।
टाइसिट अनुसार प्रतियोगितामा भाग लिनको लागि २४ समुहले टिम दर्ता गराएका छन् । प्रथम राशि २५ लाख कोरियन वन रहेको उक्त प्रतियोगिता आउदो जुन ९ तारिखको बिहान ८ बजे देखि सुरु हदै छ । एनसीसीले विगतको वर्षहरूमा पनि प्रतियोगिता गर्दै आइरहेको थियो । यस वर्ष पनि प्रतियोगिताको निरन्तरता स्वरुप प्रतियोगिताको आयोजना गर्न लागिएको हो । आयोजकले जानकारी दिए अनुसार प्रतियोगिताको समयमा उपलब्ध गराएको समयको ५ मिनेट भित्रमा सहभागि नभएको खण्डमा स्वत: वाक ओभर दिइने जनाएको छ ।...