नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मकवानपुरको दोस्रो अधिवेशन तथा सम्मेलन सम्पन्न
हेटौंडा/ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मकवानपुरको दोस्रो अधिवेशन तथा सम्मेलन हालै सम्पन्न भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित अखण्ड हरि कीर्तन मन्दिरमा आयोजना गरिएको थियो।
सम्मेलनले रामकुमार सिलवालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष कृष्ण हरि परियार, सचिव मालती विश्वकर्मा र कोषाध्यक्ष रन्जित रम्तेल रहेका छन्। सदस्यहरूमा रामशरण विश्वकर्मा, प्रशान्त सुनार, रविना विश्वकर्मा, सरिना घतानी, कमला सुर्खेती, शारदा सिं सुनार र प्रकृति परियार चयन भएका छन्। यो नवनिर्वाचित समितिको कार्यकाल २ वर्षको रहनेछ।
सम्मेलनले तीन जना सल्लाहकारहरू पनि मनोनयन गरेको छ। जंगबहादुर विश्वकर्मा, सुनिता दर्नाल र रुपक कालिराज सल्लाहकारका रूपमा चयन भएका छन्। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका उपाध्यक्ष मन बहादुर विश्वकर्माको प्रमुख ...