हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न बन्द अवस्थामा रहेको रोप–वे बिक्री
हेटौंडा / हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न कच्चा पदार्थ खरिद गर्नको निमित्त बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरिएको छ ।
हेटौँडा -९ मा रहेको उद्योगले चुनढुंगा ढुवानीका लागि प्रयोगमा ल्याएको रोप–बे बाराको लिपनी मालस्थित श्री पिएस एन्ड सन्स इन्टरप्राइजेजलाई बिक्री गरेको हो । उद्योग प्रशासनले चार करोड २५ लाख ६ हजार ८० रुपैयाँमा रोप–वे बिक्री गरेको छ । तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमति अनुसार पहिलो किस्तामा एक करोड ४२ लाख ६८ हजार ६ सय ९४ रुपैयाँसमेत प्राप्त गरिसकेको सुचना अधिकारी हरेराम आचार्यले जानकारी दिएका छन् । रोप–वे खरिदकर्ता कम्पनीले सम्झौताको ९ महिनाभित्र रोप–वेको सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमति भएको जनाएको छ । उद्योगले भीमफेदी गाउँपालिकाको भैँसेखानीदेखि उद्योगसम्म ११ किलोमिटर रोप–वेको सिस्टमसँग जोडिएका रोप–वेका टावर, तार र बकेटलगायतका फलामजन्य सामा...