Day: १ वर्ष अगाडि

चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को हेटौंडामा पुन विशेष प्रदर्शन

Breaking News 2, समाचार
हेटौंडा/ तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को हेटौंडामा पुन - विशेष प्रदर्शन भएको छ । शनिबार हेटौंडाको ओम्याक्स हलमा चलचित्रको दोस्रो प्रदर्शन गरिएको हो । मुनसन सुपरस्टार मुभिज प्रा.लिको व्यानरमा चलचित्र निर्माण भएको हो । मकवानपुर जिल्ला तामाङ समुदायको बाहुल्यता भएको हुनाले मकवानपुरमा दुई पटक शो प्रदर्शन गरिएको कलाकार हेमकुमार तितुङले बताए । यसअघि पुष २० गते पहिलोपटक हेटौंडामा पहिलो पटक विशेष शो प्रदर्शन गरिएको थियो । प्रेम कथामा आधारित संगसंगै दोस्रो विवाह र समाजमा गरिबीको कारण निम्त्याउने समस्यालाई चलचित्रमा देखाउन खोजिएको निर्देशक हुत्त सञ्जय लामाले बताए । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका मनोरम स्थानहरूमा चलचित्र छायांकन गरिएको कलाकार हेमकुमार तितुङले जानकारी दिनु भयो । चलचित्रमासुनिता लुङ्बा, तारा थोकर, हेमकुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, सङ्गीता बोम...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"