८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा
मकवानपुर / लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत मकवानपुरे गायक सोयल लामा करिब ८ वर्षपछि पुनः सक्रिय रूपमा सांगीतिक क्षेत्रमा फर्किएका छन् ।
बकैया गाउँपालिका–३ हात्तिसुडे स्थायी निवासी लामा हाल युएईलाई कर्मथलो बनाएर बस्दै आएका छन् । उनले हालै नयाँ गीत सार्वजनिक गरिसकेका छन्। चर्चित गायिका जितु लोप्चनसँगको सहकार्यमा तयार गरिएको नयाँ सांगीतिक कोसेली बजारमा आइसकेको छ । सानै उमेरदेखि कला, धर्म, संस्करण र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर लाग्दै आएका लामा लामो अन्तरालपछि पुनः दर्शक–श्रोतामाझ प्रस्तुत भएका हुन् । उनले आउँदो ल्होसारको अवसर पारेर आधा दर्जनभन्दा बढी नयाँ गीत सार्वजनिक गर्ने तयारीसमेत पूरा भएको जानकारी दिएका छन् । गायक लामाका अनुसार दर्शक तथा श्रोताका लागि छिट्टै थप नयाँ सांगीतिक कोसेली लिएर आउने तयारी भइरहेको छ। उनको पुनरागमनले स्थानीय तथा तामाङ सांगीतिक क्षेत्...