हेटौंडामा एमबीबीएस पढाइ सुरु, ५० सिट स्वीकृति
Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
हेटौंडा / मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस शैक्षिक सत्रदेखि चिकित्साशास्त्र स्नातक (एमबीबीएस ) अध्ययन सुरु गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले ५० सिटको स्वीकृति दिएको हो । यससँगै हेटौंडा स्वास्थ्य शिक्षाको केन्द्र बन्ने दिशामा अघि बढेको छ ।
प्रतिष्ठानमा यसअघि नै स्नातक तहका विभिन्न कार्यक्रम सञ्चालनमा रहेका छन् । यस वर्ष नर्सिङ स्नातक (बीएस्सी नर्सिङ) को सिट २० बाट बढाएर ३० गरिएको छ । यस्तै, चिकित्सकीय प्रयोगशाला प्रविधि ९बीएमएलटी० र जनस्वास्थ्य स्नातक ९बीपीएच० २०–२० सिटमा यथावत सञ्चालन हुनेछ । फार्मेसी स्नातक ९बी–फार्मेसी० कार्यक्रम पनि ३० सिटमा निरन्तर रहनेछ । यसै शैक्षिक वर्षदेखि स्नातकोत्तर ९एमडी० तहमा सात विषयमा अध्ययन सुरु हुने भएको छ, जसमा कुल ८ सिट छन् । स्त्री तथा प्रसूति विज्ञानमा २ सिट, र आन्तरिक रोग विशेषज्ञ, शल्य चिकित्सक, बाल रोग, हाड–जोर्नी तथा नशा रोग, पा...








