कांग्रेस पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको छ : शेरबहादुर देउवा
५ पुस, जनकपुर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गरेका छन् ।
बिहीबार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताए । उनले अहिले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रुपमा स्थापित गर्न नेता/कार्यकर्ताहरुलाई आग्रह गरे । उनले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न काँग्रेसले काम गरिरहेको बताए ।
उनले भने, ‘नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा काँग्रेस लाग्नेछ । हामीलाई सहयोग गर्नुहोस् । काँग्रेसले अवश्य नै भोलिका दिनमा नेपालको पूर्ण रुपमा सरकार बनाउन सकोस् । अहिलेको बेला समानुपातिक प्रणाली भएको हुनाले समावेशी प्रणाली भएको हुनाले कसैको पनि बहुमत आउ...








