पर्यटन

चर्चामा शिखरकोट–सिमभञ्ज्याङ पदमार्ग

चर्चामा शिखरकोट–सिमभञ्ज्याङ पदमार्ग

पर्यटन, समाचार
थाहा/ एक साता अगाडि ह्याप्पी हाईकर्सको ७५ जनाले यात्रा गरेको शिखरकोट–सिमभञ्ज्याङ पदमार्गमा चैत्र ११ गते चन्द्रागिरी हाईकिङ कम्युनिटिका ३५ जनाको टोलीले पदयात्रा गरेका छन् । चन्द्रागिरी हाईकिङ कम्युनिटिका सदस्यहरु चैत्र १० गते चन्द्रागिरीबाट पैदल चित्लाङ–बिसिङखेल–कुन्छाल–ओखरबजार हुँदै शिखरकोटमा बास बसी ११ गते बिहान शिखरकोटबाट स्थानीय ४ जनासमेतको सहभागितामा जम्मा ३९ जनाको सहभागितामा पदयात्रा शुरु गरि शिखरकोट धारापानी हुँदै ऋषेश्वर खोला रमणिय जंगलको बाटो हुँदै ऋषेश्वर मन्दिर दर्शन गरी दामनको पर्वतीय उद्यानमा लालिगुँरास लगायतको फूल तथा बनस्पति अवलोकन गरेर दामनको भ्यु टावरबाट हिमालको दृष्यावलोकन सहित पदयात्रा सम्पन्न भयो । यस पदमार्गको परिकल्पना थाहा नगरका युवा फोटापत्रकार गणेश बिष्टले परिकल्पना गरेको हुन् । बिष्टका अनुसार थाहा नगरको धेरै पदमार्गहरु मध्ये शिखरकोट शिमभञ्ज्याङ पदमार्गले धेरै सम...
संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’

संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’

पर्यटन
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको शेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अहिले गोल्मा राजा बौद्ध बिहार जुटेको छ । उक्त क्षेत्रको विकासका लागि थाइल्यान्डले सहयोग गर्ने भएको छ । यही १० मङ्सिरमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना गर्ने  तयारी छ ।   सो क्षेत्रलाई ध्यान केन्द्रको रूपमा समेत विकास गरिने भिक्षु मेधंकर स्थविरले जानकारी दिए । उनकै खोज अनुसन्धानबाट ३५० वर्ष पहिलेको सो दरबार गोल्मा राजा रानीको रहेको खुलेको हो । ओझेलमा पर्दै आएको ऐतिहासिक र पुरातात्त्विक स्थल रहेको सो दरबार र टुँडिखेलबाट रौतहट र सर्लाहीका फाँटहरू देखिन्छ भने वन जङ्गलभित्र बे...
विदेशी पर्यटकहरूको भावना समेटिएको पुस्तक, visitor views of Nepal विमोचन

विदेशी पर्यटकहरूको भावना समेटिएको पुस्तक, visitor views of Nepal विमोचन

पर्यटन, समाचार
कार्तिक १८, काठमाडौँ । काठमाडौँ–१६, नयाँबजार स्थित ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा विदेशी पर्यटकहरूको भावना समेटेको पुस्तक, visitor views of Nepal  विमोचन गरिएको छ । कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पर्यटक व्यवसायी नवराज दाहाल, माओवादी नेता लेखनाथ न्यौपाने, प्राज्ञ डा.कौशिला रिसाल, पत्रकार सुकदेव दाहाल र अधिवक्ता विमल पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए । पुस्तकको लेखक द्वय, डा.चूडा ढकाल र ईश्वरीप्रसाद ढकाल हुन् । विमोचन कार्यक्रममा कसले के भने ?  डा.चूडा ढकाल(लेखक) आजभन्दा १९ वर्ष पहिले देखि किताब लेख्न सुरु गरिएको हो । यो किताबलाई यहाँसम्म पुर्‍याउन धेरै सङ्घर्ष गर्नुपर्‍यो ।  ४४ वटा विभिन्न देशका ३०० जना पर्यटकहरूले हाम्रो देशको सौन्दर्य, संस्कृति, हिमाल, पहाड, दुःख, सुखको बारेमा उनीहरूस...
प्रधानमन्त्रीले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

प्रधानमन्त्रीले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

पर्यटन, समाचार
जोमसोम, १ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन् । बुधवार बिहान जलवायु संवादका लागि मुस्ताङ आइपुगेका प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका हुन । सो भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन गर्ने र स्थानीय जनतासँग अन्तरक्रिया गर्ने उनको सचिवालयले जनाएको छ ।...
बुबाको चिया पसललाई चार तारे होटेल बनाउने एउटा कर्मठ छोराको कथा

बुबाको चिया पसललाई चार तारे होटेल बनाउने एउटा कर्मठ छोराको कथा

पर्यटन
  विशाल बस्नेत महोत्तरी, २८  असोज । नरहरि  गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि  बसमा यात्रारत यात्रुहरूलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सब थोक भएको सुनाएपछि हिराले जिन्दगीको परीक्षण होटेलबाट नै प्रारम्भ गर्ने निधो गरे । त्यसपछि २०५२ सालबाट सुरु भएको गौतमको होटेल व्यवसायको यात्रा बुबा नरहरिले भनेजस्तो जिन्दगीको सब थोक मात्र बनेन गौतम होटेल पहिचान र प्रतिष्ठाको राष्ट्रिय ब्रान्ड नै बन्यो । हुन त  हरेक सफलताको पछाडि असफलता, सङ्घर्ष, आत्मविश्वास, निराशा र धैर्यताको कथा हुन्छ । गौतमको अहिले धनुषाको लालगढस्थित करिब ५० करोड लगानीमा खुल्दै गरेको चार तारे होटेलसम्मको यात्रामा आइपुग्दा यस्तै अनेकौँ कथाहरूले भरिपूर्ण छन्...
मध्य पाषाण युगको बस्तीसमेत रहेको मधेसको एक प्राकृतिक ‘भ्यु टावर’ ओझेलमा

मध्य पाषाण युगको बस्तीसमेत रहेको मधेसको एक प्राकृतिक ‘भ्यु टावर’ ओझेलमा

पर्यटन
३१ भदौ, महोत्तरी । पहाडको फेदीमा खयरले छाएका फुसका घरहरू छन् । आकाशमा बाक्लै लोपोन्मुख जातको चरा गिद्ध र चिलहरू घुमिरहेका छन्  । पाखाहरूमा बाख्राहरू चरिरहेको छन् । गोठालाहरू सुस्केरा हालेर स्थानीय गीत गाई रहेको सुनिन्छ । त्यस माथि चराचुरुङ्गीहरूको सङ्गीतमय चिरबिरले यहाँ पुगेपछि जो कोहीले छुट्टै आनन्द लिन सक्छन् । प्राकृतिक छट्टाले अनेकौँ तरहले सिङारिएको यो  मनमोहक दृश्य हो, महोत्तरीको उत्तर वर्ती क्षेत्र राई मण्डलको । बर्दिबास नगरपालिकाको समथर भू-भाग छाडेर झन्डै ७ किलोमिटर माथि उक्लेपछि राईमन्डल पुगिन्छ । यही राईमन्डलमा रहेका भीम डाँडा र सोली घोप्टे नामक अजङ पहाडका दुई टाकुरालाई देखेपछि मधेसको समथर भू-भाग नियालिरहेको जस्तो महसुस हुन्छ । समुन्द्री सतहबाट झन्डै ३६२ फिट अग्ला यी पहाडहरू तराईका गहना हुन भने बर्दिबासको समृद्धिको आधार पनि । पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा रहेका यी डा...
अन्पाको तेस्रो साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको तेस्रो साहित्यिक पदयात्रा सम्पन्न

अपराध/ अनुसन्धान, पर्यटन
काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले नियमित रूपमा गर्दै आएको साहित्यिक पदयात्रा–३ सम्पन्न गरेको छ । आश्विन १३ गतेका दिन काठमाडौँ नागार्जुन डाँडाको जामाचोसम्मको पदयात्रा, विभिन्न स्रष्टाहरूको सहभागितामा सम्पन्न भएको हो । ‘साहित्य तथा सिर्जनालाई अझ प्रस्फुटित गर्न तथा त्यसमा ऊर्जा थप्न विभिन्न रचनात्मक गतिविधिहरूको आवश्यकता पर्ने हुँदा साहित्यिक पदयात्रालाई निरन्तरता दिइएको’ अन्पाका महासचिव भीष्म जोशीले बताउनु भयो –‘यस प्रकारको गतिविधिलाई अझ व्यवस्थित तथा आकर्षक बनाउँदै नियमित गरिनेछ ।’ ककनी जाने बाटोमा रहेको फूलबारी गेटबाट ४ किमी उकालो पदयात्रा सुरु गरेर जामाचोसम्म पुगिएको अन्पाले ज्ञानघरलाई जानकारी गराएको छ । कार्यक्रममा स्रष्टाहरूले पदयात्राका साथै विभिन्न कविता, गीत, यात्रा अनुभूति, नृत्य लगायतको प्रस्तुति दिएका थिए । पदयात्रामा अन्पाका अध्यक्ष समीर सिंह, महासचिव भीष्म जोशी...
अनुभूतिका पानामा प्युठान 

अनुभूतिका पानामा प्युठान 

पर्यटन
–दीपेन्द्रसिंह थापा उत्सुकताको आभास मात्र पनि आफैँमा रमाइलो कुरा । नपुगेको, नघुमेको ठाउँमा हुने कार्यक्रमको निम्तो कसलाई पो विशेष नलाग्ला र ? छुट्टै आकर्षणले रङ्गिइदिन्छ मन । यस्ता अवसरलाई सकेसम्म नगुमाउन पाए हुन्थ्यो लाग्छ मलाई पनि । साहित्य परिषद् प्युठानको निमन्त्रणा यस कारण विशेष थियो मेरा लागि । हत्तपत्त जाने निर्णय गरिहालेँ ।   बडादसैँको पूर्व सन्ध्या । काठमाडौँबाट रोल्पाका लागि हिँडेको रात्रि बसमा खचाखच थिए यात्रु । पर्वको रमझमले तानेको मन । कसको अनुहारमा झल्किएको थिएन र घर पुग्ने हतारो ? उनीहरूका संवाद र सुसाइ नै अर्कै । सबै सबै देखिन्थे आफ्नै आफ्नै आत्तुरीमा, आफ्नै आफ्नै उमङ्गमा । उज्याला अनुहारहरूले भरिभराउ यही बसमा चढेर म प्युठानतर्फ हुइँकिएँ, असोज ९ गते साँझ । मेरो सन्दर्भमा यो साहित्यिक कार्यक्रम त केबल एउटा बहाना । मुख्य ध्येय घुम्नु नै थियो । कारण भनिसकेँ, मे...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"