प्रमुख समाचार

दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि

दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि

अन्तर्राष्ट्रिय, प्रमुख समाचार
२ पुस, सोल - सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्याङ्क कार्यालयले देखाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको सङ्ख्या सन् २०२३ मा १४ लाख ३० हजार पुगेको छ । यो एक वर्षअघिको तुलनामा नौ दशमलव नौ प्रतिशतले बढी हो । यो सन् २०१७ मा सान्दर्भिक तथ्याङक सार्वजनिक गर्न थालेपछिको सबैभन्दा धेरै हो । दक्षिण कोरियामा बसोबास गर्ने चिनियाँ नागरिकको सङ्ख्या यस वर्ष तीन दशमलव छ प्रतिशतले बढेर एक लाख ३५ हजार पुगेको छ । यसैगरी भियतनामी नागरिकको सङ्ख्या १९ दशमलव एक प्रतिशतले बढेर दुई लाख एक हजार पुगेको छ । पाँच वर्षदेखि दक्षिण कोरियामा १५ वर्ष वा सोभन्दा माथिका अङ्गीकृत नागरिकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २०२३ मा दुई दशमलव पाँच प्रतिशतले घटेर ५१ हजारमा पुगेको छ । रोजगारी भएका विदेशी बासिन...
संख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता हो: प्रधानमन्त्री पुष्पकमल दाहाल

संख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता हो: प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रमुख समाचार, शिक्षा, समाचार
२ पुस, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालय शिक्षामा  मयअनुकूल सुधार गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहलाई सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले शिक्षालाई सर्वसुलभ बनाउँदै प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने नीति सरकारले लिने  पनि बताएका छन् । ‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समातामूलक र सबै वर्ग, समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयअनुकूल सुधार गर्दै लैजानुपर्छ ।’ आगामी दिनमा प्राविधिक शिक्षाको भूमिका अझै बढाउँदै लैजानुपर्ने प्रधानमन्त्री दाहालले बताए । ‘उपाधि हासिल गरेका विद्यार्थीलाई विश्वबजारमा प्रतिस्प...
भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईंहरूकै हातमा छ : राष्ट्रपति रामचन्द्र पौडेल

भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईंहरूकै हातमा छ : राष्ट्रपति रामचन्द्र पौडेल

प्रमुख समाचार, शिक्षा, समाचार
२ पुस, काठमाण्डौं  - राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासमा सरकारले ठूलो लगानी गरे पनि प्रर्याप्त नभएको बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्बोधन गर्दै उनले प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीका सामुन्ने नेपालीले हासिल गरेको ज्ञान, कला, कौशल, सीप र क्षमतामा कुनै कमी हुन नहुने बताए ।  शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन आवस्यक रहेको औंल्याउँदै दीक्षित विद्यार्थीले प्राप्त गरेका ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणका लागि उपयोग गर्नसमेत उनले आग्रह गरे । ‘सक्षम, सबल, तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘भोलि देशलाई कुन दिशामा लैजाने हो । त्यो तपाईंहरूकै हातमा छ ।’ देशबाट म...
भ्रष्टाचार, दण्डहीनता र नेपाल

भ्रष्टाचार, दण्डहीनता र नेपाल

पत्रपत्रिका, प्रमुख समाचार, विचार/ लेख/रचना/ साहित्य
अघिपछि आरोप–प्रत्यारोपमा रहने पार्टीहरू भ्रष्टाचार र एकले अर्कोलाई बचाउनमा प्रायः एकजुट देखिन्छन्  नेपालमा भ्रष्टाचारको कारण सुशासनको अभाव र दण्डहीनता भयावह गतिमा बढिरहेको कुरा अन्तर्राष्ट्रिय वित्तीय संस्था र विकासका साझेदार मुलुकले चेतावनी र सहायताको सर्तका रूपमा बारम्बार औँल्याइरहेका छन् । अर्कातिर देशभित्रचाहिँ सत्ताधारी र त्यसका ताबेदार वृत्तको मान्यतामा भ्रष्टाचार अब शिष्टाचार हुन थालेको छ । भ्रष्टाचारका अनेक आयाम र रूपले मुलुकलाई थिलथिलो बनाउँदै लगेको छ । अखबारका पाना दिनहुँ भ्रष्टाचारका समाचारले रंगिरहेका छन् । सामाजिक सञ्जालमा आक्रोश देखिन्छ । तर, सत्ता सञ्चालकहरू भ्रष्टाचार र बेथितिका संरक्षक र सेवक भएर विराजमान छन् ।  सार्वजनिक रूपमा मञ्चबाट गर्ने भाषण वा टेलिभिजनका अन्तर्वार्तामा व्यक्त गरिएका आदर्श जति नै कर्णप्रिय हुन्, जनताले तिनलाई मिथ्या र निरर्थक मानिरहेका छन् । यो ...
किन आलोचित बन्दै छ प्रशासकीय संघीयता ?

किन आलोचित बन्दै छ प्रशासकीय संघीयता ?

पत्रपत्रिका, प्रमुख समाचार, विचार/ लेख/रचना/ साहित्य
प्रशासकीय संघीयता कार्यान्वयन गर्ने दायित्व पहिलो राजनीतिको हो, त्यसपछि मात्र कर्मचारीको हो नेपालको कर्मचारीतन्त्र धेरै कुराबाट आलोचित हुँदै आएकोमा अहिले उसले संघीयता कार्यान्वयनमा पनि नसघाएको आरोप खेपिरहेको छ । राजनीतिक दलहरू राजनीतिक रूपमा संघीयताको कार्यान्वयनमा आफूहरूले कुनै कसर बाँकी नराखे पनि कर्मचारीतन्त्रका कारण प्रदेश तथा स्थानीय तहले काम गर्न नसकेको भनिरहेका छन् । कर्मचारीको काम नगर्ने, खटाएको ठाउँमा नजाने, जनप्रतिनिधिलाई उचित मान–मर्यादा नगर्ने, विभिन्न बहानामा राजधानी जाने प्रवृत्तिले बजेट कार्यक्रम कार्यान्वयन र नागरिक सेवा वितरणमा बाधा पुुग्न गई संघीयता भनेको खराब कुरा रहेछ भन्ने भाष्य निर्माण हुन थालेको छ । कर्मचारीले संघीयता बुुझेकै छैनन्, केन्द्रीकृत भावनाले संघीयता सफल हुँदैन भन्ने राजनीतिको बुुझाइ छ । उता कर्मचारीतन्त्र संघीयताको भावनाअनुरूपको कानुन निर्माण, वृत्ति...
भारतमा गल्फ उपाधि जित्ने सुवास पहिलो नेपाली गल्फर

भारतमा गल्फ उपाधि जित्ने सुवास पहिलो नेपाली गल्फर

खेलकुद, प्रमुख समाचार
२ पुस, काठमाण्डौं - नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयू १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इन्डियाको उपाधि जितेका छन् । रोयल कोलकाता गल्फ क्लबमा म्याच–प्ले फर्म्याटमा खेलिएको ३६–होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९/७ ले पराजित गरे । पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याँउदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन् । सुवासको यो ऐतिहासिक सफलता हो । नेपाली गल्फरले भारतमा कुनै पनि प्रतियोगिताको उपाधि जितेको यो पहिलोपटक हो । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता हुन्, सुवास । सन् १८९२ मा सुरुआत भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली खेलाडी हुन् । सुरुको दुई दिन स्ट्रोक–प्ले फर्म्याटमा ३६ होल खेलेपछि उत्कृष्ट ३२ खेलाडी म्याच–प्लेका निम्ति छनोट भएका थिए । स्ट्रोक–प्लेमा सुवास १–ओभर ७३ र २–...
पिएसजीको ८ खेलको जितको यात्रामा पूर्णविराम

पिएसजीको ८ खेलको जितको यात्रामा पूर्णविराम

खेलकुद, प्रमुख समाचार
२ पुस, काठमाण्डौं - फ्रेञ्च लिग वानमा पिएसजीको ८ खेलको जितको यात्रामा पूर्णविराम लागेको छ। यसअघि लगातार ८ खेलमा जित निकालेको पिएसजी नवौं खेलमा लिलसँग १-१ गोलको बराबरीमा रोकियो।  लिलका जोनाथन डेभिडले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा  गोल गर्दा पिएसजी बराबरीमा रोकिन बाध्य भएको हो।  त्यसअघि खेलको ६६ मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पिएसजीले खेलमा अग्रता लिन सफल भएको थियो। लुकास हर्नान्डेजलाई बाफोडे डियाकाइटले फाउल गरेपछि एमबाप्पेले आफ्नो १६औं खेलमा सिजनको १६औं लिग गोल गरे। लिगमा पिएसजी १६ खेलबाट ३७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको निसभन्दा रियल ५ अंकले अघि छ।  १२ सिजनमा १०औं फ्रान्सेली उपाधि जित्ने अभियानमा रहेको पिएसजी लिगमा अझै बलियो स्थानमा छ।  मोनाको ३० अंकसहित तेस्रो स्थानमा छ। मोनाको शुक्रबार लियोनसँग १-० ले पराजित भएको थियो भने निस...
भिल्लारियललाई हराउँदै रियल शीर्ष स्थानमा

भिल्लारियललाई हराउँदै रियल शीर्ष स्थानमा

खेलकुद, प्रमुख समाचार
२ पुस, काठमाण्डौं - स्पेनिस ला लिगमा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ। आइतबार भिल्लारियललाई ४-१ गोलले पराजित गर्दै रियल शीर्ष स्थानमा पुगेको हो। रियलका लागि बेलिङघमले २५, रोद्रिगोले ३७, डियाजले ६४ र मोड्रिचले ६८ मिनेटमा गोल गरे। भिल्लारियलका मोरालेसले ५४ मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो। लिगमा रियलले १७ खेलबाट ४२ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको गिरोनाको ४१ अंक छ। बार्सिलोना ३५ अंकसहित तेस्रो स्थानमा छ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"