खेलकुद

आइसिसी टी-२० : नेपाल र युएईका बिचमा प्रतिस्पर्धा हुँदै

आइसिसी टी-२० : नेपाल र युएईका बिचमा प्रतिस्पर्धा हुँदै

खेलकुद
काठमाडौँ, १७ कार्तिक । नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा प्रतिस्पर्धा हुँदै छ । जारी आइसिसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले युएईसँग मैदानमा उत्रन लागेको हो । सो खेल मुलपानी क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएका छन् । केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले युएईसँग भिड्न लागेको हो  । नेपाल समूह एको उप–विजेताका रूपमा समूह बी को विजेता युएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ।...
आइसिसी टी २०ः नेपाल र ओमानबिच समूह एको अन्तिम खेल हुँदै

आइसिसी टी २०ः नेपाल र ओमानबिच समूह एको अन्तिम खेल हुँदै

Breaking News 1, खेलकुद
काठमाडौँ, १६ कार्तिक । नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुँदै छ । आइसिसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुनेछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ । यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर अाेमानसँग प्रतिस्पर्धा गर्न पुगेको हो भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । उसले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपालले ओमानसँग आफ्नो समूह अर्थात् समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।  नेपाल र ओमानबिच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । टी–२० मा नेपाल र ओमानबिच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।...
मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

Breaking News 1, खेलकुद
काठमाडौँ, १४ कात्तिक । काठमाडौँमा जारी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन जोड्दा  कुशल भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए । यो जितसँगै नेपाल समूह ए बाट सेमिफाइनल पुगेको छ । यसअघि मङ्गलवार बिहान सिंगापुरलाई हराउँदै सेमिफाइनल पुगेको ओमानसँग बुधवार नेपालले समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछ ।...
आइसिसी टी–२०ः नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

आइसिसी टी–२०ः नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

Breaking News 1, खेलकुद
काठमाडौँ, १४ कार्तिक । नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुँदै छ । आइसिसी टी-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । सो खेल दिउँसो १ः १५ बजेबाट सुरु हुनेछ । समूह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो । नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।...
नेपालको सिंगापुरमाथि ८ विकेटको जित

नेपालको सिंगापुरमाथि ८ विकेटको जित

Breaking News 1, खेलकुद
काठमाडौँ, १३ कात्तिक । काठमाडौँमा जारी आइसिसी टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध आठ विकेटको जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रन जोड्दा आसिफ शेखले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नट आउट रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अविनाश बोहराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यवीर चौधरीले ३७ र मनप्रित ...
आइसिसी क्रिकेट: नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै

आइसिसी क्रिकेट: नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै

Breaking News 1, खेलकुद
काठमाडौँ, १३ कार्तिक । नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुदैँछ । आइसिसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुदैँछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजेबाट सुरु हुनेछ । आइसिसी टी–२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली क्षेत्रका ८ राष्ट्रले आज सोमबारदेखि नेपालका दुई वटा रङ्गशालामा प्रतिस्पर्धा गर्दैछन । जसअनुसार आज नेपाल र सिंगापुर बिचमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो । सोही समयमा मुलपानी क्रिकेट मैदानमा भने खाडी राष्ट्रका दुई मुलुक बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ ।...
अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप छनोट खेल कार्तिक १३ बाट काठमाडौँमा

अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप छनोट खेल कार्तिक १३ बाट काठमाडौँमा

Breaking News 1, खेलकुद
काठमाडौँ, कार्तिक ११ । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । घोषणा गरिएको टिममा पूर्व कप्तान सन्दीप लामिछानेलाई पनि समेटिएको छ । एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौँको कीर्तिपुर र मुलपानीमा हुनेछ  । नेपाल क्रिकेट सङ्घले रोहित पौडेलको नेतृत्वमा शनिवार नेपाली टोली घोषणा गरेको हो। टोलीमा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्। प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आठ टोलीलाई दुई समूहमा विभाजित गरिएको छ। नेपाल रहेको समूह ए मा मलेसिया, ओमन र सिंगापुर छन्। त्यस्तै, समूह बी मा बहराइन, हङकङ, कुवेत र युएई रहेका छन्।  फाइनलमा पुग्ने दुई टोली, आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् । नेपालको पहिलो खे...
नेपाल र युएईबिच आज फाइनल खेल  हुँदै

नेपाल र युएईबिच आज फाइनल खेल हुँदै

Breaking News 1, खेलकुद
काठमाडौँ । नेपाल र  युनाइटेड अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुदैँछ । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र युएईका बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सो प्रतिस्पर्धाको क्रममा आज नेपाल र युएईबिच फाइनल खेल हुन लागेको हो।  नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ भने यसअघि नै बाहिरी सकेको छ। जारी सिरिजमा लगातार चार वटा खेल जितेको नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ भने हङकङसँग पनि दुई जित हासिल गरेको थियो ।...
युएईलाई ५ विकेटले हराउँदै नेपालको सत प्रतिशत जित

युएईलाई ५ विकेटले हराउँदै नेपालको सत प्रतिशत जित

Breaking News 1, खेलकुद
काठमाडौँ,  कार्तिक ६ गते । । काठमाडौँमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले युएईलाई ५ विकेटले हराएको छ । युएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालको जितमा आसिफ शेखले शानदार  ६२ रन बनाए । रोहितले ४७ रनको योगदान गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बलमा अविजित ४० रनको योगदान गरे । यसअघि, मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । नेपालका सोमपाल कामी र अविनाश बोहराले समान २ तथा करन केसी र गुल्सन झाले समान १ विकेट झारेका थिए । एक खेल अगावै फाइनल पुगेको नेपालले लिग चरणमा सत प्रतिशत जित सहित ८ अङ्क जोडेको छ । युएईको ३ खेलबाट २ अङ्क र हङकङ अङ्क विहीन छ । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना ...
जापानलाई हराउँदै नेपाल एसिया कपमा छनोट

जापानलाई हराउँदै नेपाल एसिया कपमा छनोट

खेलकुद
काठमाडौँ, कार्तिक ४ । मलेसियामा जारी अन्डर १९ एसिया प्रियियर कपमा नेपालले जापानलाई डगलस लुइस प्रविधिको आधारमा १४३ रनले पराजित गर्दै एसिया कपमा छनोट भएको छ । नेपालले सुरुमा वेटिंग गर्दै २ विकेटको क्षतिमा १४० रन बनाएको थियो । नेपाल र जापानबिचको सेमिफाइनल खेल वर्षाले बाधित भएपछि जापानलाई २२ ओभरमा १८७ रनको लक्ष्य दिइएको थियो । नेपालको घातक बलिङका सामु जापान टिक्न सकेन र ४३ रनमा अलआउट भयो । नेपालका लागि दीपक बोहराले ७९ र  आकाश त्रिपाठीले ३५ रन बनाएका थिए  । त्यस्तै जापानलाई सस्तोमा समेट्न हेमन्त धामी र दिपेस कँडेल ३/ ३ र सुभाष भण्डारीले दुई विकेट लिए । नेपालले अब पाकिस्तानमा हुने एसिया कपमा भारत, पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"