Day: ३ वर्ष अगाडि
नेपाल र चीनबीच भएका सम्झौता तथा समझदारी
* नेपाल र चीनबिच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता
* नेपाल र चीनबिच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू)
* नेपाल र चीनबिच आपराधिक मामिलामा दुई पक्षीय कानुनी सहायताको सन्धि
* नेपाल र चीनबिच सगरमाथा र चोमोलोङ्माको संरक्षणमा सहकार्य गर्ने समझदारी
* लगानीका मुख्य परियोजनालाई प्रवर्द्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबिच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी
* चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौता पत्र आदानप्रदान
* नेपाल–चीन सीमा पार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबिच समझदारी
* काठमाडौँ महानगरपालिका र चीनको नान्जिङ सहरबिच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता
* ...
म भागिरहेछु वा………
मोहनविक्रम सिंह
तिमी भन्छौ,
म भागी रहेको छु,
किनभने म–
‘यो धरतीलाई छाडेर,
आकाशतिर गइरहेको छु’
तर म–
‘यो धरतीको माया मारेर,
त्यो नीलो आकाशको मायामा अल्झेर
आकाशतिर गई रहेको छैन ।’
म त–
‘ती काला बादलहरूसित लडेर
ती चम्किला ताराहरू टिपेर,
यो धरतीलाई सिँगार्ने सङ्कल्प गरेर
आकाशतिर गई रहेको छु ।’
मलाई आश्चर्य लाग्छ ।
जब तिमीले यो भुल्दछौ–
‘म पनि यही धरतीमा जन्मेको हुँ
जहाँ तिमी जन्मेका हौ ।
मैले पनि यो धरतीलाई माया गर्छु
जहाँका सारा बाँझा चौरहरूमा
हरिया अङ्कुरहरू उम्रन्छन्’
तिमीले भन्छौ–
म भागिरहेको छु ।
तर म भन्छु–
‘म लडी रहेको छु’
म–
‘ती काला बादलहरूसित लडेर
ती चम्किला ताराहरू टिपेर
फेरि फर्केर आउनेछु ।
अनि धर्तीलाई
आकाशका फुलहरूको
सौगात चढाउने छु ।’
त्यो दिन–
‘जब म धरतीको माया मारेर
इन्द्रेणीको रङ्गमा भुल्नेछु
धरतीलाई सिँगार्ने व्रत तोडेर
आकाशमा नै डेरा जमाउने छु
त...
बालबालिका, मानव चेतना र समाज निर्माण
* भाेलानाथ ढकाल
उपक्रम
बालबालिका मानव सभ्यताको निरन्तरता हुन् । प्रत्येक प्राणीको निश्चित जीवनकाल हुन्छ । मान्छेको पनि त्यस्तै हुन्छ । एउटाको जीवनकाल सिद्धिन्छ । अर्काको सुरु हुन्छ । यो निरन्तर प्रक्रिया हो चलिरहन्छ । विगतमा पनि थियो । वर्तमानमा चलिरहेको छ । भविष्यमा पनि चलिरहनेछ । मानव सभ्यता रहेसम्म यो क्रम यसरी नै चलिरहनेछ ।
विस्तार
बालक जन्मँदा तटस्थ भएर जन्मेका हुन्छन् । चञ्चलपन उसको स्वभाव हो । जात, भाषा, धर्म, संस्कृति क्षेत्र, दर्शन सम्प्रदायसँग उसको कुनै सरोकार हुँदैन । आफ्नै मानवीय मौलिक गुण मात्र ऊसँग हुन्छ । यस्तो मौलिक गुण लिएर जन्मेको बालक पछि गएर कसरी विविध धर्म, जात, जाति, भाषा भाषी, क्षेत्र सम्प्रदाय आदिमा विभक्त हुन्छन् ? यो महत्त्वपूर्ण कुरा छ । बालकले जन्मेपछि जस्तो वातावरण पायो ऊ त्यस्तै बन्छ । मान्छे भाषा, धर्म, संस्कृति, रीतिरिवाज, जातजाति, आदिमा विभाजित हुने गर्छ ...
प्रधानमन्त्री पुष्पकमल दाहालको चिनिया नेतासँग भेटवार्ता जारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष चाओ लेजी बिच भेटवार्ता भएको छ।
सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटवार्ता भएको हो।
नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबिचमा विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
चीन बसाइको क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने, चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूचीसमेत छ ।
त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री प्रचण्ड यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार...
