Day: ३ वर्ष अगाडि

खरिद गर्ने मानिस नहुँदा सस्तोमा खसी-बोका बेच्न किसान बाध्य

खरिद गर्ने मानिस नहुँदा सस्तोमा खसी-बोका बेच्न किसान बाध्य

Breaking News 1, अर्थ
मुकेश कुमार यादव सिराहा, १ कार्तिक । अन्य समय भन्दा बढी दसैँमा बढी मूल्यमा बिक्री हुने खसी वोकाको मूल्य आर्थिक मन्दीका कारण घटे पछि किसानहरू मर्कामा परेका छन् । अत्यधिक मात्रामा मासुको  खपत हुने दसैँमा नै आर्थिक मन्दीका कारण तराई मदेसका बजारहरूमा खसी–बोका खरिद बिक्री कम भएकाले मूल्य सस्तो भए पछि किसानहरू चिन्तित बनेका हुन् । सिराहा धनगढीमाई- १३ का किसान शुक्रलाल लामाले गोल बजारको मङ्गलवारे बजारमा बिक्रीको ल्याएको बोका अन्य बेला २२-२५ हजारमा बिक्री हुने बोका १३ हजारमा बिक्री गरेको बताए। उनले भने, ‘अन्य बेला यही बोका २२-२५ हजारमा बिक्री हुन्थ्यो, आज त १३ हजार मै बिक्री गर्नु पर्‍यो।’ बजारमा खरिद गर्नेभन्दा बढी खसी–बोका भएकाले दसैँको मुखमा पनि सस्तोमा बेच्न बाध्य भएको उनले सुनाए। 'राम्रो मूल्य पाउँला र दसैँको खर्च जोहो गर्न सजिलो भनेर बोका पालेको थिएँ तर भने जस्तो मूल्य पाइन्' उनले भने । द...
इरानी विदेशी मन्त्रीले भने, ‘दुष्ट इजरायल विरुद्ध एक हुने बेला भयो’

इरानी विदेशी मन्त्रीले भने, ‘दुष्ट इजरायल विरुद्ध एक हुने बेला भयो’

अन्तर्राष्ट्रिय
तेहरान, १ कार्तिक । गाजास्थित अस्पतालमा भएको आक्रमणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुद्ध भएको छ । अस्पतालमा आक्रमण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ विरुद्ध विश्वलाई एक हुन आव्हानसमेत गरेको छ । गाजा सहरको अल–अहली अरब अस्पतालमा ५०० भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि इरानी विदेश मन्त्री होसेन अमीराब्दुल्लाहियानले इजरायलविरुद्ध विश्वभर एकजुट हुन आमजनतालाई आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विस्फोटमा जियोनिस्ट शासनको भयानक अपराध र एक हजार भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहार पछि आईएसआईएस भन्दा पनि घृणा गरिएको यो नक्कली शासन विरुद्ध विश्वव्यापी एकताको समय आएको छ।’ अल अहली अस्पतालमा भएको हमला युद्ध अपराध हो: ह्युमन राइट्स गाजास्थित अल अहली अस्पतालमा इजरायलले गरेको आक्रमणको  विश्वभरिका मानवअधिकारवादी संस्थाहरूले निन्द...
गाँजास्थित अस्पतालमा आक्रमण, ५०० जनाको ज्यान गयो, फ्रान्स निन्दा गर्‍यो

गाँजास्थित अस्पतालमा आक्रमण, ५०० जनाको ज्यान गयो, फ्रान्स निन्दा गर्‍यो

अन्तर्राष्ट्रिय
काठमाडौँ, १ कार्तिक । इजरायल र हमास बिचको वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औँ दिनमा प्रवेश गरेको छ । यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् । गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको सङ्ख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजा पट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ, जसमध्ये धेरै महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसङ्घ द्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको थियो। गाजामा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले टेलिग्राममा अरबी भाषामा पोस्ट गरेको विज्ञप्तिमा ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"