धनगढीबाट चरेस र चितुवाको छालासहित प्रहरी हवलदार पक्राउ
धनगढी, १ कार्तिक । धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढीको शहीद गेट नजिकैको एक होटेलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करणबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए।
उनीहरूको साथबाट प्लास्टिकसहित ६ किलो ७९५ ग्राम चरेस र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ।
लागू औषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) शाखा सङ्घीय प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको सादा पोसाकक...








