Day: २ वर्ष अगाडि

कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी:प्रधानमन्त्री पुष्पकमल दाहाल

कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी:प्रधानमन्त्री पुष्पकमल दाहाल

समाचार
१० पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी भइरहेको बताएका छन् । दाहालले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै नेपालले विदेशमा पठाएका राजदूत र कूटनीतिक नियोग प्रमुखहरूलाई कार्यक्षमताका आधारमा मात्रै पदमा राख्ने उल्लेख गरे । 'आर्थिक र कूटनतीति नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गर्दछु । कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गर्दैछौं,' उनले भने ।...
देशकतिबन्योभन्नेहोइन, कतिबन्नसक्थ्योभन्नेआत्मसमीक्षामाछु: प्रधानमन्त्री

देशकतिबन्योभन्नेहोइन, कतिबन्नसक्थ्योभन्नेआत्मसमीक्षामाछु: प्रधानमन्त्री

प्रमुख समाचार, राजनीति, समाचार
१० पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै सरकार असफल नभएको दाबी गरेका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा “आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटी अनुसारको परिणाम पनि आएन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु,” प्रधानमन्त्रीले भने, “देश कति बन्यो भन्ने होइन,  कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिने छ ।”...
प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन यसै साता गर्दैछु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन यसै साता गर्दैछु : प्रधानमन्त्री दाहाल

प्रमुख समाचार, समाचार
१० पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको बताएका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यसै साता प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीले भने, 'यसै साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिंगो राज्यका लागि यो एउटा संकेत र सन्देश हुनेछ ।' कस्तो संरचनात्मक परिवर्तन गर्न लागेको हो भन्ने कुरा उल्लेख भने उनले गरेनन् । ...
रुसी सेनामा भर्ना हुन पुगेका करिब एक सय जना नेपाली हराइरहेको भन्ने उजुरी परेको परराष्ट्र मन्त्री को भनाई

रुसी सेनामा भर्ना हुन पुगेका करिब एक सय जना नेपाली हराइरहेको भन्ने उजुरी परेको परराष्ट्र मन्त्री को भनाई

प्रमुख समाचार, समाचार
१० पौष, काठमाण्डौं - परराष्ट्रमन्त्री एनपी साउदले रुस-युक्रेन युद्धमा रुसी सेनामा संलग्नमध्ये १०० जना हाराहारी नेपाली हराइरहेको भन्ने उजुरी परेको बताएका छन्।  ‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले रासससँगको कुराकानीमा भनेका छन्, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’ रुसी सेनामा कति नेपाली संलग्न रहेका छन् भन्ने यकिन विवरण नभएको परराष्ट्रमन्त्री साउदको भनाइ थियो । 'करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किन भने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ&...
गाउँ किन रित्तिँदैछ भन्ने कुरामा चिन्ता केन्द्रित गर्नुपर्दछ: राष्ट्रपति रामचन्द्र पौडेल

गाउँ किन रित्तिँदैछ भन्ने कुरामा चिन्ता केन्द्रित गर्नुपर्दछ: राष्ट्रपति रामचन्द्र पौडेल

प्रमुख समाचार, समाचार
१० पौष, काठमाण्डौं - राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ किन रित्तिँदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन्। काठमाडौंको सरस्वती क्याम्पसको वार्षीकोत्सवमा मंगलबार आयोजित कार्यक्रममा पौडेलले भने, ‘नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता यसैमा केन्द्रित हुनुपर्छ।’ ‘मुलुकमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बावजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदैछ?,’ शिक्षा र रोजगारीका लागि दैनिक हजारौं नेपाली युवाहरु विदेश जाने क्रम बढेको भन्दै उनले स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने बताए।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"