Day: २ वर्ष अगाडि

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको वार्षिक साधारण सभा जुन २३ मा हुने

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको वार्षिक साधारण सभा जुन २३ मा हुने

Breaking news 3, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरियाको वार्षिक साधारण सभा जुन २३ मा हुने भएको छ । महासंघले आफ्नो वार्षिक साधारण सभा सौलको दोङदेमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेन्टको सभाहलमा आयोजना गर्न लागिएको हो । सन् २००८ मा स्थापना भएर जातीय संस्थाहरूको छाता संगठनको रुपमा क्रियाशील हुँदै आएको आदिवासी जनजाति महासंघले दक्षिण कोरियाको नेपाली समाजमा सकृय सहभागिता जनाउदै आइरहेको छ । यही जुन २३ तारिखमा आयोजना हुने वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन र वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने जनाएको छ । वार्षिक साधारण सभामा प्रस्तुत भएको प्रतिवेदनहरू छलफल गर्दै पास गर्ने योजना रहेको संस्थाका महासचिव दयाराम राना मगरले बताएका छन् । महासंघको अध्यक्ष विशन राईले वार्षिक साधारण सभामा सहभागिताको लागि लाबा न्युज मार्फत आग्रह गरेका छन् ।...
मकवानपुरको मनहरी डोढेमा लडेर ब्लोनको मृत्यु

मकवानपुरको मनहरी डोढेमा लडेर ब्लोनको मृत्यु

Breaking News 2, समाचार
हेटौंडा /  मकवानपुर जिल्लामा लडेर एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर–३ डोढेमा लडेर स्थानीय ५६ वर्षिय कर्ण बहादुर ब्लोनको मृत्यु भएको हो । गुम्बामा लेबर काम गरेर घर फर्किने क्रममा अचानक आफै लडी मृत अबस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"