Day: २ वर्ष अगाडि

नुवाकोट समाज दक्षिण कोरियाको आयोजनामा वनभोज तथा भेटघाट कार्यक्रम हुने

नुवाकोट समाज दक्षिण कोरियाको आयोजनामा वनभोज तथा भेटघाट कार्यक्रम हुने

Breaking News 2, प्रवास, मनोरञ्जन, समाचार
हेटौंडा/ नुवाकोट समाज दक्षिण कोरियाको आयोजनामा बृहत वनभोज तथा भेटघाट कार्यक्रम हुने भएको छ । आउँदो अगस्ट ३ र ४ तारिखमा 경기 양평군 서종면 중미산로 मा वनभोज तथा भेटघाट कार्यक्रम हुने भएको हो । दक्षिण कोरियामा सक्रिय नुवाकोट समाज दक्षिण कोरियाले “सामाजिक एकता र समृद्ध हाम्रो अठोट” भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा सहभागि हुन पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन प्रवेश शुल्क तोकिएको आयोजकले जनाएको छ । वनभोज कार्यक्रममा नेपाली परिकार , आरामदायी बास, मनोरञ्जनात्मक कार्यक्रमको व्यवस्था गरिने जनाएको छ । साथै कार्यक्रम स्थलसम्म पुग्न निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।...
खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा मोक्तान

खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा मोक्तान

Breaking News 1, खेलकुद, समाचार
हेटौंडा / जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राजकुमार मोक्तान नियुक्त भएका छन्। बागमती प्रदेश खेलकुद विकास परिषद्को शुक्रबार बसेको बैठकले मोक्तानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। ३५ वर्षीय मोक्तानले सोमबार प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीबाट नियुक्ति पत्र प्राप्त गरे। उनले बुधबारदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्। साथै, परिषद्ले खेलकुद विकास समिति मकवानपुरका लागि मदन उप्रेती र कृष्ण रुम्बालाई सदस्यमा नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष मोक्तानले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने दाबी गरेका छन्। उनले गाउँ–गाउँबाट खेलाडी उत्पादनमा जोड दिने र पैसाको चहलपहलका कारण राम्रा खेलाडीहरूले अवसर नपाउने परम्पराको अन्त्य गर्ने बताए।...
मकवानपुरगढीमा करेन्ट लागेर दिक्पाल स्याङतानको मृत्यु

मकवानपुरगढीमा करेन्ट लागेर दिक्पाल स्याङतानको मृत्यु

Breaking news 3, समाचार
हेटौंडा/  मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा करेन्ट लागेर दिक्पाल स्याङतानको मृत्यु भएको छ । गढी वडा नम्बर ८ इपाखहरेमा करेन्ट लागेर स्थानिय स्याङतानको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मंगलबार साँझ ईपाखहरे स्थीत राम बहादुर घिसिङको बारीमा स्थानीय ३७ को दिक्पाल स्याङ्तान बिजुलीको पोलमा करेन्ट लागि मृत्यु भएको छ भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेको थियो। शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"