रामेछाप सम्पर्क समितिले बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रमको आयोजना गर्दै
दक्षिण कोरिया । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले कोरियाली चाड छुसकको अवसरमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । छुसकको पहिलो दिन सेप्टेम्बर १६ तारिक सौलमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
“प्रवासी एकता आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ दुर्गम भेगको शिक्षा क्षेत्रमा सहयोग गर्ने योजना मुताबिक दक्षिण कोरियामा सक्रिय रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख सोमबारका दिन साझ ६ बजेदेखि 서울시 종로구 종로63-8( 호텔 파노라마) 종각역 3번 출구 स्थित रहेको होटेल पानोरमाको हलमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम गर्नेभएको हो ।
बुफे परिकार तथा पेय पदार्थ रहने कार्यक्रममा सहभागिता जनाउनका लागि ५० हजार कोरियन वन प्रवेश शुल्क तोकिएको छ। कार्यक्रमको तयारी तिब्र गतिमा भईरहेको आयोजकले ज...