विपद प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बागमती प्रदेश सरकारको निर्णय
हेटौँडा / बागमती प्रदेश सरकारले विपद प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार साँझ बसेको आकस्मिक बैठकले प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले प्रदेश सरकारका निकायबाट क्षतिको विवरण तत्कालै एकिन गरी सो पश्चात प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । विपद्वबाट प्रभावित नागरिकहरूलाई थप सहयोगका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने बैठकले निर्णय गरेको मुख्यमन्त्री बहादुरसिंह लामाले जानकारी दिए ।...
![झ्याप्लेखोला पहिरो [अपडेट] : अहिलेसम्म ३ वटा गाडीबाट ३५ जनाको शव निकालियो](https://labamedia.com/wp-content/uploads/2024/09/thumb-780x440.jpeg)