Day: २ वर्ष अगाडि

हेटौंडा -११ नम्बर वडा असोज १९ गते बाल मैत्री घोषणा हुदै

हेटौंडा -११ नम्बर वडा असोज १९ गते बाल मैत्री घोषणा हुदै

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ असोज १९ गते शनिबार निकृष्ठ बाल श्रम मुक्त स्थानिय शासन युक्त वडा घोषणा हुदै छ । बिहीबार वडाले पत्रकार सम्मेलनको आयोजना गर्दै निकृष्ट बाल श्रम मुक्त, बाल विवाह मुक्त तथा स्थानिय शासन युक्त वडा घोषणा गर्न लागिएको जानकारी दिए । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ वडा बाल मैत्री घोषणा गर्न लागिएको हो । बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरु मध्ये ४४ वटा सुचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत १ वटा सुचक ९७, १ वटा ९५, १ वटा सुचक ९०, १ वटा सुचक ८१ र १ वटा सुचक ८० प्रतिशत सम्म नतिजा हासिल गरेका छन् । वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार कुल ११ हजार १ सय ५ जनसङ्ख्या रहेकोमा १८ वर्ष मुनिका ३ हजार ४ सय १७ बालबालिकाको जनसङ्ख्या रहेका छन् । त्यसमा १ हजार ७ सय ९८ बालक र १ हजा...
चलचित्र ग्याल्बो राजा हेटौंडामा आजदेखी विशेष शो सुरु

चलचित्र ग्याल्बो राजा हेटौंडामा आजदेखी विशेष शो सुरु

Breaking News 2, मनोरञ्जन, समाचार
हेटौंडा / चलचित्र ग्याल्बो राजा हेटौंडामा आजदेखी तीन दिन विशेष शो सुरु भएको छ । कालीदेवी मिडिया हाउस प्रा.लिको व्यानरमा निर्माण भएको तामाङ भाषा र नेपाली भाषाको चलचित्र आज बिहीबार बाट ओम म्याक्स हलमा सुरु भएको हो । चलचित्र अधिकांश मकवानपुर र काठमाडौंमा नै छायाङ्कन भएको र कलाकार पनि मकवानपुरकै रहेका कारण हेटौँडामा विशेष शो गरिएको हो । चलचित्रमा गाउँमा तामाङ र दलित जातिको प्रेमकथामा आधारित विषयवस्तु समेटिएको छ । यसै गरी चलचित्रमा अर्जुन गुरुङ, विनायक तामाङ, सङ्गीता तितुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, किशोर श्रेष्ठ, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिङ्तान, सञ्जय रुम्बा लगायतको अभिनय रहेको छ । चलचित्र ग्याल्बो राजा १८ गते नेपाली भाषामा र १९ गते तामाङ भाषामा प्रदर्शन हुने छन् । चलचित्र आगामी कार्तिक ९ गते देशभर प्रदर्शन हुने छन् । चलचित्र पार्ट २ पनि निर्माण गरिने जनाएको छ ।...
हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट सुरु

हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट सुरु

Breaking news 3, समाचार
हेटौंडा/ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट सुरु भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"