वाईबा तामाङ समाज मकवानपुरद्धारा सोनाम ल्होछारको शुभकामना आदानप्रदान
हेटौंडा/ वाईबा तामाङ समाज मकवानपुरले सोनाम ल्होछार, डुल ल्हो (सर्प) वर्षको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । बुधबार हेटौंडा १५ रातोमाटेमा समाजले ल्होछारको अवसरमा चियापान सहितको भेटघाट कार्यक्रमको आयोजना गरेको हो । तामाङ समाज मकवानपुरका अध्यक्ष हर्क सिं वाईबाको सभा अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले थर विशेषका तामाङ संघ, संस्थाहरुले आफ्नो नयाँ पुस्तालाई शिक्षा प्राप्तिमा विशेष जोड दिन आग्रह गरेका छन् । हरेक क्षेत्रमा अघि बढ्न शिक्षा पहिलो आधार भएकाले यसमा जोड दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजमा ल्या...


