आशिष लामा निर्देशित ‘दारु सड्काउने’ म्युजिक भिडियो सार्वजनिक
मकवानपुर/ नेपाली संगीतको तामाङ सेलो इन्डस्ट्रीमा उदाउँदै गरेका कोरियोग्राफर, डान्सर, मोडल तथा निर्देशक आशिष लामाको नयाँ म्युजिक भिडियो ‘दारु सड्काउने’सार्वजनिक भएको छ ।
तामाङ सेलो इन्डस्ट्री क्षेत्रमा पछिल्लो समय सक्रिय रहेका आशिष लामाले यसअघि निर्देशन गरेका ‘ङाला स्टाइल’, ‘बब्बाल रो’, ‘माया पृति’ र ‘ब्रेकअप ताजिङाला’ जस्ता गीतमार्फत दर्शकमाझ छुट्टै पहिचान बनाइसकेका छन् । ती गीतहरूले विशेषगरी युवा पुस्तामाझ राम्रो लोकप्रियता हासिल गरेका थिए । सोही सफलतालाई निरन्तरता दिँदै ‘दारु सड्काउने’ मा पनि आधुनिक भिजुअल प्रस्तुत गरिएको छ । निर्देशक लामाले कोरियोग्राफी र निर्देशन दुवै पक्षमा आफ्नो क्षमता देखाएका छन् ।
vodeo link
https://youtu.be/e7sORPbQz-g?si=DUMsDlPjKjUOcHqf
भिडियोमा लामासहित मोडल याङ्गी डोङ र सृजना घिसिङको अभिनय देख्न सकिन्छ । कलाकारहरूको प्रस्तुति र नृत्य संयोजनले गीतलाई ...