हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै
हेटौंडा / पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुने भएको छ।
हेटौंडा इन्फिल्डर्स मकवानपुर को आयोजनामा हुने राइड भोलि आईतबार हुने आयोजकले जनाएको छ । राइडमा सहभागीहरू बिहान ७ बजे लाइट हाउस ग्रिल एन्ड बार मा भेला हुने र बिहान ८ बजे राइड सुरु गरिने इन्फिल्डर्सका अध्यक्ष राजक शाहीले जानकारी दिनुभयो । उँहाका राइडको गन्तव्य पशुपति मन्दिर तय गरिएको छ ।
आयोजकका अनुसार जुनसुकै कम्पनीका मोटरसाइकलले सहभागिता जनाउन सक्नेछन् । विशेषगरी क्याफे रेसर, क्लासिक बाइक, भिन्टेज मोटरसाइकल, बबर, चपर, स्क्र्याम्बलर, मोडर्न क्लासिक, रेट्रो शैलीका क्रुजर, क्लासिक स्कुटर तथा भेस्पा लगायतका मोटरसाइकलहरूलाई प्राथमिकता दिइएको छ । राइडमा सहभागी सबैलाई निःशुल्क बिहानको खाना तथा स्टिकर उपलब्ध गराइनेछ भने आकर्षक पुरस्का...