बागमतीका मुख्यमन्त्री जम्मकट्टेल नेतृत्व सरकारले गरेका कार्यहरु सार्वजनिक
हेटौंडा/ राजनीतिक समीकरण परिवर्तन भई केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बने पछि बागमती प्रदेशमा नेपालि कांग्रेसको नयाँ सरकार गठन हुदै छ । बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेल नेतृतवको सरकार ढल्ने भए पछि उनले आफ्नोे ढेड बर्षे अवधिको कार्यकालमा सम्पन्न गरिएका कार्यहरु आईतबार सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री जम्मकट्टेलको १८ १८ महिने कार्यकालमा बागमती प्रदेश सरकार पुर्वधार र आर्थिक प्रगति गर्न सफल भएको दावि गरेका छन् । उनले ६ सय मिटर सडक कालोपत्रे, पाँच दर्जन पक्की पुल निर्माण सम्पन्न भएको बताए । नीतिगत काम , संगठन संरचना व्यवस्थित ढंगले पास भई जिल्ला जिल्लामा सेवा प्रवाह भईरहेको बताए ।
उनले करिब चार सय हेक्टर भन्दा माथि सिँचाइ र खानेपानी आयोजना सम्पन्न भएको छ बताए । कृषि क्षेत्रमा नयाँ नीति अवलम्वन गरको मुख्ये बताए ।
स्थानिय सरकार संग समन्वय गरी प्राविधिक...






