समाज

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ जना घाइते

समाचार, समाज
तनहुँमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । बुधबार बिहान पोखरा जाँदै गरेको ग १ ख म७८९५ नम्बरको यात्रुबाहक बस तनहुँको ब्यास नगरपालिका–२ घाँसीकुवास्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनकुटाको सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको टोपबहादुर मगर रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चालकसहित ३६ जना घाइते भएका छन्। उनीहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पताल, दमौली अस्पताल र तनहुँको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रि गर्न नपाइने

काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रि गर्न नपाइने

समाचार, समाज
१२ मङ्सिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने भएको छ। एक सूचना जारी गर्दै महानगरको स्वास्थ्य विभागले १५ दिन अवधि अर्थात आगामी २७ गतेदेखि यो नियम लागू हुने उल्लेख छ। सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुटखा, पानपरागलगायतका पदार्थ कसैले बिक्री गरेको पाइएमा नगर प्रहरीले सामान जफत गर्ने छ। काठमाडौं महानगरले जारी गरेको जनस्वास्थ्य ऐन २०८० मा यससम्बन्धी व्यवस्था छ। ऐनको दफा ४२ अनुसार सुर्ती तथा जाँड–रक्सीजन्य पदार्थ बिक्रीमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ। सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको महानगरले जनाएको छ। सहरको स...
देशभरिका कारागारमा योग शिविर चलाइने

देशभरिका कारागारमा योग शिविर चलाइने

Breaking News 1, समाचार, समाज
१२ मङ्सिर, काठमाडौं ।  मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरीका कारागारमा योगशिविर संचालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको हो। एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ। केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन्। नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर संचालन...
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का

विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का

समाचार, समाज
१२ मङ्सिर, काठमाडौं ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। सुर्खेतको चिंगाड महोत्सव तथा खेलकुद कार्यक्रमको उद्घाटनका अवसरमा उपप्रधानमन्त्री खड्काले तीनवटै तहका सरकार मिलेर काम गर्न सके जनताले चाहेअनुसारको विकास सम्भव हुने धारणा राखे। 'विकास निर्माणका कुन काम कुन तहको सरकारले गर्ने भन्ने तय भएमा सोहीअनुसार काम गर्न सहज हुन्छ', उपप्रधानमन्त्री खड्काले भने, 'यसतर्फ बेलैमा सोच्ने र सोही अनुरुप नीति तय गरेर काम गर्नु जरूरी छ।' उपप्रधानमन्त्री खड्काले संघीयताको पूर्ण कार्यान्वयन र संविधान प्रदत्त अधिकार स्थापित गर्नका लागि संघीय कानुन कार्यान्वयन अन्तिम चरणमा पुगेको जानकारी पनि दिए। उनले संसदको आउदो हिउँदे अधिवेशबाट संघीय प्रहरी ऐन, शिक्षा ऐनलगायतका आवश्यक कानुनहरू पारित गर्ने सरकारको तयारी रहेको उल्लेख ...
त्रिपालमा बस्दै आएकी सुत्केरीको चिसोका कारण मृत्यु

त्रिपालमा बस्दै आएकी सुत्केरीको चिसोका कारण मृत्यु

समाचार, समाज
मंसिर ११, काठमाडौं । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी महिना दिनको सुत्केरी थिइन् । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएको जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको छ ।...
पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख ठगि गर्ने एक जना पक्राउ

पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख ठगि गर्ने एक जना पक्राउ

समाचार, समाज
मंसिर १०, काठमाडौं । पोर्चुगल पठाइदिन्छु' भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रोल्पा गंगादेव गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको जनाएको छ। जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धान र कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।...
आगलागी हुँदा बर्दियामा एकै घरका चार जनाको मृत्यु

आगलागी हुँदा बर्दियामा एकै घरका चार जनाको मृत्यु

समाचार, समाज
मंसिर ९,बर्दिया । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिका सहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो । आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए । गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ ।...
उदयपुरमा वनभोज गएको बस दुर्घटना, तीन जनाको मृत्यु

उदयपुरमा वनभोज गएको बस दुर्घटना, तीन जनाको मृत्यु

समाचार, समाज
मंसिर ९, उदयपुर ।  उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। उदयपुरको त्रियुगा नगरपालिका-५ देउरीको एक निजी विद्यालयको बस भाडामा लिएर स्थानीय बासिन्दा वनभोज गएका थिए। उनीहरू सवार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। ज्यान गुमाउनेहरुमा बसका चालक ४० वर्षका भिखन चौधरी, ६ वर्षकी सम्या चौधरी र ७ वर्षका विकास चौधरी रहेका जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्द चौधरीले जानकारी दिए। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १२ जनालाई थप उपचारको लागि विराटगर पठाएको प्रहरीको भनाइ छ। बसमा सवारमध्ये थप ३२ जना केही सामान्य घाइते भएर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।...
एमालेका ११ सय कार्यकर्ता जाजरकोटमा, भूकम्प पीडितलाई बनाइदिए ८० घर

एमालेका ११ सय कार्यकर्ता जाजरकोटमा, भूकम्प पीडितलाई बनाइदिए ८० घर

समाचार, समाज
मंसिर ९, जाजरकोट ।  नेकपा एमालेले ८० वटा अस्थायी घर निमार्ण गरेर भुकम्प पीडितलाई हस्तान्तरण गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनुसार अहिले जाजरकोट र रुकुम पश्चिममा १ हजार १ सय स्वयंसेवक खटिएका छन । ‘१ हजार १ सयको संख्यामा जाजरकोटमा १२ र रुकुम पश्चिममा १३ गरी हाम्रा २५  स्वयंसेवक समूह भूकम्पपछि उद्दार र पुनः स्थापन कार्यमा खटिएका छन्,’ अध्यक्ष ओलीले भनेका छन, ‘अहिलेसम्म जाजरकोटमा १३२ र रुकुममा ३५ वटा गरी १६७ वटा भत्किएका घर पन्छाइ सामान उद्दार गरेको छ । एक विद्यालय सहित जाजरकोटमा २९ वटा र रुकुममा ५१ वटा गरी ८० वटा अस्थायी घरटहरा बनाई हस्तान्तरण गरेको छ।’ उनले अगाडी भने, ‘यो चिसोमा छाना बाहिर रहेकालाई छानामुनि ल्याउने काममा सक्रिय पार्टीका सबै साथीहरूलाई धन्यवाद ।’...
सडकले अशान्त बनाएको एउटा गाउँको कथा

सडकले अशान्त बनाएको एउटा गाउँको कथा

समाज
विशाल बस्नेत/न्युज कारखाना महोत्तरी, ५ मङ्सिर । गाउँको सुविधाका लागी  बनाइएको एउटा सडकले गाउँलेहरू बिचमा  नै कलह सिर्जना गर्‍यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर महोत्तरीको बर्दिबासस्थित भित्री गाउँमा रहेको  सडक नै स्थानीयहरूको अशान्तको कारक वनेको छ  । बर्दिबास-६ स्थित कृष्णपुरमा २०५४ सालमा नै खोलिएको शाखा सडकलाई अहिले पुर्णरुपमा अतिक्रमण गरिएको छ भने सडकको बिच भागमा बिरुवाहरू समेत रोपिएको छ । २०५४ सालमा तत्कालीन गाविस अध्यक्ष विदुर कार्कीले खोलेको यो सडकले गाउँमा कसरी अशान्त मच्चायो भन्ने विषय थाहा पाउन ५ वर्ष अगाडि फर्कनुपर्छ । यो सडकको दायाँबायाँ विशेष गरी स्थानीय तेजिलाल महतो र मकसुदन महतोको जग्गा छ । दुवै सदियारहरुले आधा-आधा जग्गा १३ फिट सडकको लागी प्रयोग गर्ने सहमति भएको थियो । तर २०५४ सालमा भएको सहमतिमा स्थानीयहरूले अमिन ल्याएर जग्गा नपाए पछि एकाएक बिथोलियो । स्थानीय अमिनले गरेक...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"