समाज

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हिमपातको सम्भावना

समाचार, समाज
मंसिर ५, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको स...
चिसोका कारण भूकम्प प्रभावितको मृत्यु हुने क्रम बढ्यो, एक सातामा ७ जनाको मृत्यु

चिसोका कारण भूकम्प प्रभावितको मृत्यु हुने क्रम बढ्यो, एक सातामा ७ जनाको मृत्यु

समाचार, समाज
मंसिर २, काठमाडौँ । भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिम र जाजरकोटमा चिसोका कारण मृत्यु हुनेहरु बढिरहेका छन् । चिसो बढ्दै जाादा भूकम्प प्रभावितको लागि न्यानो कपडा र बस्ने बासको राम्रो व्यवस्था नहुँदा बिरामी बढेका मात्रै छैनन्, मृत्यु हुनेको सङ्ख्या समेत बढिरहेको छ । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको हो । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाक...
विधिवत् रूपमा छठपर्व सुरु

विधिवत् रूपमा छठपर्व सुरु

समाचार, समाज
१ मंसिर, काठमाडौं । छठपर्व विधिवत् रूपमा आज (शुक्रबार) देखि सुरु भएको छ । छठमा व्रतालु महिला एवं पुरुषले बिहानै उठेर हात खुट्टाका नङ काटेर र चोखो पानीले नुहाइधुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । यसरी गरिने नित्यकर्मलाई ‘नहाइ–खाइ’ भनिन्छ । स्नान गरी शुद्ध भएका व्रतालुहरूले ‘अब जथाभावी खाँदिनँ र तन मनले प्रभुको शरणमा बस्छु’ भनी प्रणसमेत गर्दछन् । छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । खर्नाको दिन नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खीर, लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिन व्रतालुले एक छाक मात्र भोजन गर्छन् । छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानी समेत नपिई निराहार व्रत बस्नुको पूर्वाभ्यास हो । कार्तिक शुक्ल षष्ठी अर्थात् तेस्रो दिनलाई छठको मुख्य दिन मानिन्छ । छठमा सूर्यको पूजा गर्ने दिन भएकाले व्रतालुहरू पानीसमेत नपिई निराहार बस्छन् । साँझपख नजिकैको...
टिकटक प्रतिबन्ध माथी पहिलो पेशी तोकियो, सोमवारबाट सुनवाइ

टिकटक प्रतिबन्ध माथी पहिलो पेशी तोकियो, सोमवारबाट सुनवाइ

समाचार, समाज
काठमाडौं, १ मंशिर । टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पहिलो पेशी तोकिएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिबक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमा सोमवारका लागि पेशी तोकिएको हो । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध लगाए पछि अदालत खुलेको पहिलो दिनमा नै सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंशिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जनाएको छ । भोली शनिबार तथा पर्सी छठ पुजाको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो । सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।...
अस्पताल एक बर्ष अघि नै सञ्चालनमा, प्रधानमन्त्रीले गरे आज उद्घाटन

अस्पताल एक बर्ष अघि नै सञ्चालनमा, प्रधानमन्त्रीले गरे आज उद्घाटन

Breaking News 1, समाचार, समाज
तनहुँ, १ मंशिर । एक बर्ष अघि नै सञ्चालनमा आएको अस्पताल आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन् । तनहुँको दमौलीमा आयोजित एक बिशेष समारोहका बिचमा शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी अस्पताल उदघाटन गरेका हुन् । सो गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरेको बताए । सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री दाहालले आज शुक्रबार उद्घाटन गरेका हुन । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालको रुपमा सेवा सुरु गरेको थियो। अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा सुरु गरिएको छ। अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको अध्यक्ष चुमानले जानकारी दिए । अस्पतालमा एक्सरे सेवा...
भारतीय फूलमा बन्देज नहुदाँ पुस्तौनी पेशा धरापमा

भारतीय फूलमा बन्देज नहुदाँ पुस्तौनी पेशा धरापमा

समाचार, समाज
बिशाल बस्नेत, न्युज कारखाना महाेत्तरी, ३० कात्तिक  । पुस्तौनी फूल खेती गर्दै आएका महोत्तरी बल्वा नगरपालिका-२ का राम बिनय भण्डारीले यसपालीको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् । भारतवाट आयात भएका फूल कै कारण मुल्यमा आकास पताल फरक पर्ने हुदाँ बेच्न नसक्ने एउटा कारण रहयो भने माली समुदायबाहेक अन्य समुदायले पनि व्यावसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ । उन्लाई यो तिहारमा व्यापारले भन्दा पनि पेशा नै धरासयी बन्दै गएको प्रती निक्कै चिन्ता बढाएको छ । `पुर्ख्यौली फूल खेती नै गर्ने हाम्रो पेशा हो तर माली समुदायबाहेक अन्य समुदायहरुले पनि ब्यावसायिक खेती गर्दा हामी समस्यामा पर्दै गएका छौ,´ भण्डारीले भने, `अब त पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था देखा परेकाे छ ।´ उनले तिहार तथा छठलाई मध्यनजर गरि झण्डै १ बिगा क्षेत्रफलमा फूल रोपेका थिए । तर १ कठ्ठाको पनि बिक्री नभएको उनकाे गुनासो छ । भारत...
भाइटीकासँगै सकियो यो बर्षको तिहार

भाइटीकासँगै सकियो यो बर्षको तिहार

Breaking News 1, समाचार, समाज
२९ कात्तिक, काठमाडौँ । हिन्दु धर्मावलम्बी नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका लगाएसँगै सकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०ः५१ बजेलाई शुभ साइत तय गरेको थियो । शुभ साइतमा दिदीबहिनीहरूले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिएका छन् । दाजुभाइहरूले पनि दिदीबहिनीहरूलाई आ—आफ्नो गच्छेअनुसारका दक्षिणा, उपहार, पक्वान्न आदि दिएर यो यो पर्व मनाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन रहिआएको छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।...
बगरमा नै सुन फलाउदै सिराहाका पूर्ण भुमिहिनहरु

बगरमा नै सुन फलाउदै सिराहाका पूर्ण भुमिहिनहरु

समाचार, समाज
बिशाल बस्नेत /न्युज कारखाना, महोत्तरी, २७ कार्तिक ।  एक बर्ष अगाडि मात्र फर्केर हेर्ने हो भने कर्जन्हा नगरपालिकाको वडा न.६ स्थित कमला नदिको किनारमा रहेको वगरमा कासघारी र बालुवा मात्र  मात्र थियो । बगर नै बगर रहेको बरहरा मिर्चैया भन्ने यस ठाउँमा दिउसै मानिसहरु आवतजावत गर्न  डराउथे । तर  बर्ष दिनको छोटो अवधीमा यही बालुवाघारी हरियाली मात्र हैन, गरिव र भुमिहिनको लागी सबथोक बनेको छ । लटरम्म फलेको खुर्सानी देखाउदै स्थानिय रामेस्वर सिंहले भने-` यदि  यो बगर नगरले  गरिखान दिएर सहयोग नगरेको भए त हामी निक्कै समस्यामा हुन्थ्यौ ।´ `पहिले बनिबुथो गरेर खान पनि खान धौधौ हुन्थ्यो, ´ एक बर्ष अगाडीको स्मरण गर्दै सिंहले भने, `अर्काको ज्यालादारी गरेर आएको पैसाले जिविकोपार्जन गर्थ्यौ अहिले त यही बगरवाट त्यस्को दोब्बर आम्दानी हुन्छ ।´ सुरुमा त सिंहले बगरमा खेती गरेर आयआर्जन होला भन्ने पत्याउन नै सकेका थिएनन । ...
आज तिहारको तेस्रो दिन, गाई पूजा गरेर मनाइँदै

आज तिहारको तेस्रो दिन, गाई पूजा गरेर मनाइँदै

Breaking News 1, समाचार, समाज
कात्तिक २५, काठमाडौं । तिहारको तेस्रो दिन आज गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिई मनाइन्छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरूको घर गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाउने परम्परा रहि आएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।...
तिहारको दोस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरेर मनाइंदै

तिहारको दोस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरेर मनाइंदै

Breaking News 1, समाचार, समाज
कात्तिक २५, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाउने चलन रहि आएको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना,...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"