Day: ३ वर्ष अगाडि

जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ

समाज
काठमाडौँ, १४ कात्तिक । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ परेका छन् ।  काठमाडौँ महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीय यम कुमारी पुन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । काठमाडौँकै  तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-२ घर भएका ३९ वर्षीय पूर्ण बहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । बाँकेको कोहलपुर...
पूर्व बाल लडाकु लेनिन विष्ट वीर अस्पतालमा ‘नजरबन्द’मा

पूर्व बाल लडाकु लेनिन विष्ट वीर अस्पतालमा ‘नजरबन्द’मा

समाचार
काठमाडौँ, १४ कात्तिक । पूर्व बाल लडाकु लेनिन विष्टले आफूलाई वीर अस्पतालमा ‘नजरबन्द’मा राखेको बताएका छन् । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेरेसलाई बाल लडाकुको समस्याबारे ज्ञापन पत्र बुझाएका विष्ट र भोजराज तिमल्सिनालाई वीर अस्पतालबाट प्रहरीले बाहिर निस्किन नदिएको उनले बताएका छन् । छोराका हत्यारालाई कारबाहीको माग राखेर बर्षाैंदेखि अनशनमा बस्दै आएकी गङ्गामाया अधिकारीलाई भेटेर फर्किने क्रममा उनीहरूलाई प्रहरले ‘माथिको आदेश’ भन्दै बाहिर निस्किन नदिएको हो । ‘हामी वीर अस्पतालबाट गङ्गामाया अधिकारीलाई भेटेर निस्किन खोज्दा पौने ३ बजेदेखि म र भोजराज तिमल्सिनालाई प्रहरीले माथिको, प्रधानमन्त्रीको आदेश भन्दै निस्किन दिएको छैन,’ विष्टले भने, ‘अहिले राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि, इन्सेकका प्रतिनिधिहरू आएका छन् ।’...
मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

Breaking News 1, खेलकुद
काठमाडौँ, १४ कात्तिक । काठमाडौँमा जारी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन जोड्दा  कुशल भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए । यो जितसँगै नेपाल समूह ए बाट सेमिफाइनल पुगेको छ । यसअघि मङ्गलवार बिहान सिंगापुरलाई हराउँदै सेमिफाइनल पुगेको ओमानसँग बुधवार नेपालले समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछ ।...
इजरायलले फेरी गर्‍यो गाजाको अस्पताल नजिक बमदारी

इजरायलले फेरी गर्‍यो गाजाको अस्पताल नजिक बमदारी

अन्तर्राष्ट्रिय
गाजा, १४ कार्तिक । इजरायली सेनाले मङ्गलवार बिहानै गाजास्थित अल कुद्स अस्पताल नजिक बमदारी गरेको छ । प्यालेस्टिनी रेड क्रस सोसाइटीले स्थानीय समय अनुसार मङ्गलवार बिहानै गाजा सहरको वरपर ताल अल हवामा भारी तोप प्रहार र हवाई आक्रमण गरे पछि अल–कुद्स अस्पतालमा आतङ्क छाएको थियो । ‘अस्पताल भित्र आश्रय लिनेहरूले डर र आतङ्कको अनुभव गरिरहेका छन्,्’ प्यालेस्टिनी रेड क्रस सोसाइटीलेले सामाजिक सञ्जालमा लेखेको छ । करिब १२ हजार आन्तरिक विस्थापित नागरिकहरूले अस्पतालमा आश्रय लिइरहेका छन्, सो समूहले भनेको छ । इजरायली सेनाले यस क्षेत्रमा गतिविधिका बारेमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अल कुड्स अस्पताल गाजाको उत्तरमा अवस्थित छ, जसको दक्षिणी रेखामा जानका लागि इजरायलले यसअघि नै चेतावनी दिएको थियो । मध्य गाजामामा रहेका पत्रकार हसन एसलेहले सीएनएनलाई भने कि उक्त क्षेत्रमा तोप खानाको आगो सोमबार दिनरात लगातार ...
प्रिन्सिपल हत्याको विरोधमा मधेसका प्रदेशका विद्यालयहरू बन्द गरिने

प्रिन्सिपल हत्याको विरोधमा मधेसका प्रदेशका विद्यालयहरू बन्द गरिने

शिक्षा
बारा, १४ कार्तिक । मधेस प्रदेशका विद्यालयहरू आज बन्द हुने भएका छन् । बाराको एक विद्यालयका प्रिन्सिपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरू बन्द हुन लागेका हुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आव्हानमा मधेस प्रदेशका विद्यालयहरू एक दिनका लागि शोक बिदा दिइएको हो । बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगन्ज अस्पतालमा मृत्यु भएको थियो । नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरिएको छ ।सो हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको सो विज्ञप्तिमा उल्लेख छ ।...
परराष्ट्र मन्त्री साउँद र अमेरिकन विदेश मन्त्रीबिच एमसिसीको बारेमा छलफल

परराष्ट्र मन्त्री साउँद र अमेरिकन विदेश मन्त्रीबिच एमसिसीको बारेमा छलफल

समाचार
काठमाडौँ, १४ कार्तिक । परराष्ट्र मन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटवार्ता भएको छ । अमेरिकाको सङ्घीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबिचको जारी साझेदारीका बारेमा विस्तृत छलफल गरेका छन् । सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाइएको छ । नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमा पार विद्युत् व्यापारलाई समर्थन गर्दै सहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताइएको छ ।  ...
शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु

शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु

अन्तर्राष्ट्रिय
गाजा, १४ कार्तिक । मध्य गाजा पट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ। वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत घोषित गरिएको थियो। तिनीहरू माकोसी र बकरी परिवारका थिए, जो गाजा पट्टीको उत्तरबाट भागेर शिविरको अल दावा जिल्लाको हमदान परिवारको भवनमा शरण लिएका थिए। यसैबिच, उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा अवस्थित अल– कुड्स अस्पतालको आसपास तोपखाना र हवाई आक्रमणका आवाज सुनिएका छन् । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले अल– कुड्स अस्पतालको वरपरको उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा लगातार तोपखाना र हवाई आक्रमणहरू भइरहेको रिपोट गरेको छ । ‘जसका कारण भवनहरु काँपि...
आरक्षणको माग राखी महाराष्ट्रमा मराठा आन्दोलन चर्कियो, समर्थनमा दुई सांसदले दिए राजीनामा

आरक्षणको माग राखी महाराष्ट्रमा मराठा आन्दोलन चर्कियो, समर्थनमा दुई सांसदले दिए राजीनामा

अन्तर्राष्ट्रिय
मुम्बई, १४ कार्तिक । महाराष्ट्रमा मराठा आरक्षणको आन्दोलन चर्किएको छ । सोमबार मात्रै आन्दोलनकारीले राष्ट्रवादी काँग्रेसका विधायक प्रकाश सोलंकेको घर र बीडस्थित एनसीपीको कार्यालयमा आगजनी गरेका छन् । आन्दोलनकारीको एक समूहले नगरपालिकाको भवनको पहिलो तल्लामा समेत आगजनी गरेको थिए । गङ्गापुरमा भाजपा विधायक प्रशान्त बम्बको कार्यालयमा तोडफोड भएको छ। यससँगै सुरक्षा कारणले बीडमा धारा १४४ लगाइएको छ भने इन्टरनेट पनि ४८ घण्टाका लागि बन्द गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मराठा समुदायले आरक्षणको माग गर्दै महाराष्ट्रको जालनामा अनिश्चित कालीन अनशनमा बसेका सामाजिक कार्यकर्ता मनोज जरांगेले स्वास्थ्य परीक्षण गराउन अस्वीकार गरेका छन् । पीटीआईसँग कुरा गर्दै जालनाका कार्यवाहक सिभिल सर्जन डा. प्रताप घोडकेले लामो समयसम्म खाना नखाँदा उनीहरूको महत्त्वपूर्ण अङ्ग र स्वास्थ्यमा असर पर्ने बताए। एकनाथको शिव से...
आइसिसी टी–२०ः नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

आइसिसी टी–२०ः नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

Breaking News 1, खेलकुद
काठमाडौँ, १४ कार्तिक । नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुँदै छ । आइसिसी टी-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । सो खेल दिउँसो १ः १५ बजेबाट सुरु हुनेछ । समूह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो । नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"