Day: ३ वर्ष अगाडि

आइसिसी टी २०ः नेपाल र ओमानबिच समूह एको अन्तिम खेल हुँदै

आइसिसी टी २०ः नेपाल र ओमानबिच समूह एको अन्तिम खेल हुँदै

Breaking News 1, खेलकुद
काठमाडौँ, १६ कार्तिक । नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुँदै छ । आइसिसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुनेछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ । यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर अाेमानसँग प्रतिस्पर्धा गर्न पुगेको हो भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । उसले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपालले ओमानसँग आफ्नो समूह अर्थात् समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।  नेपाल र ओमानबिच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । टी–२० मा नेपाल र ओमानबिच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"