Day: २ वर्ष अगाडि

श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन

श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन

Breaking News 1, समाचार
१६ पौष, काठमाण्डौं - राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले गत शुक्रबार बालकुमारीमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएको हो। गत शुक्रबार बालकुमारीस्‍थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि पुगेका विद्यार्थी र प्रहरीबीच झडप भई दुई जनाको मृत्यु समेत भएको थियो। त्यसक्रममा  प्रदर्शनकारीले मन्त्री ज्वालालाई फेला पारेपछि उनको गाडीमा आगजनी समेत गरिएको थियो। सोमबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर लगायतले मन्त्री ज्वाला प्रदर्शन भइरहेको ठाउँमा नपुगेको भए घटना नहुने भन्दै आरोप समेत लगाएका थिए।...
श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन

श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन

समाचार
१६ पौष, काठमाण्डौं - राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन दिएको छ।  सोमबार सिंहदरबारमा बसेको बैठकले गत शुक्रबार बालकुमारीमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएको हो।  गत शुक्रबार बालकुमारीस्‍थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि पुगेका विद्यार्थी र प्रहरीबीच झडप भई दुई जनाको मृत्यु समेत भएको थियो।  त्यसक्रममा  प्रदर्शनकारीले मन्त्री ज्वालालाई फेला पारेपछि उनको गाडीमा आगजनी समेत गरिएको थियो। सोमबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर लगायतले मन्त्री ज्वाला प्रदर्शन भइरहेको ठाउँमा नपुगेको भए घटना नहुने भन्दै आरोप समेत लगाएका थिए।...
नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी रहेको छैन: केपी शर्मा ओली

नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी रहेको छैन: केपी शर्मा ओली

प्रमुख समाचार, राजनीति, समाचार
१६ पौष, काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताएका छन् । मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाण्डौंमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी नरहेको पनि बताएका छन् । ‘अहिले एकथरी मान्छे छन्, राजतन्त्र आयो भने राष्ट्रियता बलियो हुन्छ भनेर कराउँछन् । तर यहाँ कुरा बुझ्न आवश्यक छ । के राजा हुँदा मात्रै देश बच्ने हो र ? जनताले हो कि राजाले हो देश बचाउने ?,’ अध्यक्ष ओलीले अघि भने, ‘यो तथ्यले पुष्टि गर्नुपर्‍यो। तथ्य यही हो कि देश बचाउने राजाले होइन, जनताले हो ।’ कहिलेकाहीँ आफूहरू (देउवा, दाहालसमेत) भेट हुँदा यिनीहरूले राजतन्त्र ल्याउन दिँदैनन् कि क्या हो भनेर विरो...
लोकतान्त्रिक  गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको छैन: पुष्पकमल दाहाल

लोकतान्त्रिक  गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको छैन: पुष्पकमल दाहाल

प्रमुख समाचार, समाचार
१६ पौष, काठमाण्डौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संसारमा मानव जातिले लोकतान्त्रिक  गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको दाबी गरेका छन् । राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले गणतन्त्रका पक्षधर दलहरूले जनतालाई गणतन्त्रको महत्व अनुभूति गराउन नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए । ‘संसारमा मानव जातिले विकास गरेको सबैभन्दा उच्चतम राजनीतिक व्यवस्था भनेकै लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्रभन्दा राम्रो व्यवस्था अहिलेसम्म मानव जातिले विकास गरेकै छैन,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘त्यसकारण लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउनु निरर्थक छ । यो कुरालाई हामीले बुझ्न र बुझाउन सकिरहेका छैनौँ कि भन्ने लागिरहेको छ ।’ उनले गण...
सरकार र बालकुमारी घटनाका मृतक परिवारबीच चारबुँदे सहति

सरकार र बालकुमारी घटनाका मृतक परिवारबीच चारबुँदे सहति

प्रमुख समाचार, समाचार
१६ पौष, काठमाण्डौं - सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको सहमतिमा मृतकका परिवारका १/१ जनालाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ । त्यस्तै मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने उल्लेख छ । सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने र मृतकका परिवारले सोमबारै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुऱ्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमतिमा उल्लेख छ । सरकारको तर्फबाट गृहमन्त्रालयमा उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट शाहका बुवा टेकबहादुर शाह र राउतका मा...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"